मोदी भुरुङग्दी अन्नपुर्ण क्षेत्र संरक्षण समितिले हाइड्रो व्यवसायी र पालिकाविचको सहमति सार्वजनिक गर्न माग

कास्की।मोदी भुरुङग्दी अन्नपुर्ण क्षेत्र संरक्षण समितिले पौष ७ गते मागपत्र सहित संघर्ष घोषणा गरेपछि अन्नपुर्ण गांउपालिका कास्कीमा विभिन्न चरणका कार्यक्रमहरु यमितिले सम्पन्न गरेको छ।

समितिले नदिका तटहरुको निरीक्षण गरि पालिका कार्यलयमा खवर गर्दा पनि व्यवस्था गरिरहेको महसुश गरेको समितिका संयोजक शरण सिंह विश्वकर्माले बताए।हाईड्रोका कारण सरकारी नीति नियम अनुसार मादी नदीमा औषत पानी नभएको समितिले नदीमा अनुगमन गरि करिव निष्कर्ष निकालेको छ।मोदीमा जस्तै भुरुङ्ग्दी खोलामा पनि औषत पानी नै नभएको संयोजक विश्वकर्माले बताए।

अन्नपुर्ण गांउपालिका कार्यलयले हाईड्रो व्यवसायी संग सञ्चालनको लागि कुन प्रकारको सहमति गरेको छ भन्ने बारे पनि स्थानीयबासीहरु बेखवर रहेको संयोजक विश्वकर्माले बताए।

प्रतिक्रिया दिनुहोस