मोदी भुरुङग्दी अन्नपुर्ण क्षेत्र संरक्षण समितिले ध्यानाकर्षण पत्र कास्कीको अन्नपुर्ण गांउपालिका अध्यक्षलाई पेस गरेको छ।

मोदी भुरुङ्ग्दी अन्नपुर्ण क्षेत्र संरक्षण समितिका संयोजक शरण सिंह विश्वकर्माले गांउपालिका अध्यक्ष विष्ण बहादुर केसीलाई यस विषयमा गंभीर हुन समेत सचेत गराएका छन।अन्नपुर्ण गांउपालिका वडा नं.८ मा समेत मोदी भुरुङ्ग्दी अन्नपुर्ण क्षेत्र संरक्षण समितिको ध्यानाकर्षण पत्र बुझाईएको छ।
ध्यानाकर्षण पत्रमा अन्नपुर्ण संरक्षण क्षेत्रका विषयमा समेत प्रश्न उठाईएको छ।
मुख्य मोदी नदी र भुरुङग्दी खोलामा निर्माण तथा सञ्चालन हुन लागेका हाइड्रो पावर कम्पन्नीहरुले स्थानियवासीहरुलाई व्यवस्था गरि आफ्नो व्यवसायलाई मात्र ध्यान दिईएको समितिले सुनवाईको माग राखेको छ।मुआब्जाको माग,रोजगारी,सजक निर्माण,आईपियो सेयर स्थानियलाई वितरण,नदीजन्य दोहनको अन्त्य र घाट निर्माण साथै पर्यटन क्षेत्रको संरक्षण लगायत माग पेस गरिएको छ।मागको सुनवाई नभएमा निर्माण कार्यमा अबरोध गर्न पनि उल्लेख गरिएको छ।

माग सम्बोधन सम्बन्धित निकायले नगरेको खण्डमा संघर्ष गर्ने संयोजक शरण सिंह विश्वकर्माले बताए।यस क्षेत्रको नदी,खेलाहरु र अन्नपुर्ण क्षेत्रको संरक्षणको लागि अन्नपुर्ण गांउपालिका भरि अभियान सञ्चालन गर्ने पनि संयोजक शरण सिंह विश्वकर्माले बताए।

अन्नपुर्ण गाउपालिकाको जनतालाई लक्ष्तित गरि हाइड्रो निर्माण हुनु पर्ने हो तर निश्चित व्यक्तिलाई मात्र लाभ भएको जेनजी संयोजक केश जीले बताए ।