पोखरा महानगरपालिका वडा नं.२७ ले किसानहरुलाई आलुको बीउ बितरण

पोखरा।पोखरा महानगरपालिका वडा नं.२७ ले किसानहरुलाई ६० बोरा आलुको बीउ बितरण गरेको छ।

उक्त आलुको बिउ वितरणमा वडा नं. २७ का कृषि संजालका अध्यक्ष शेखरनाथ लामिछाने समजीकरण गरेका थिए।जिल्ला कृषि बिकास कार्यलयले ५०% अनुदानमा ६० बोरा आलु उपलब्ध गराएको थियो।

पोखरा महानगरपालिका वडा नं.२७ का अध्यक्ष पुर्ण कुमार गुरुङले,किसानहरुलाई केही राहात होस भन्ने उद्देश्य साथ आलुको बीउ बितरण कार्यमा वडा कार्यलय संग सहकार्य गरि कृषि सञ्जालले सहजिकरणको भुमिका खेलेकोमा धन्यवाद ब्यक्त गरे।वडा कार्यलय सधै किशान मैत्री रहेको पनि अध्यक्ष गुरुङले बताए।

साथै किसानहरुलाई केही सहज होस भन्ने मनसायले विगतमा पनि किसानहरुलाई कृषि औजार सामाग्री बितरण गरिएको वडा नं.२७का वडा सदस्य जितेन्द्र बहादुर क्षेत्रिले जानकारि दिए।

प्रतिक्रिया दिनुहोस