बैचारीक राजनीतिक पुस्तक’अग्निशिखा’ लोकार्पण बारे,नारायण अधिकारीका अनुभुति

नारायण अधिकारी,अग्निशिखा पुस्तक

मार्क्सवादी अध्ययन श्रोत केन्द्र पोखराका लागी झलकपाणि तिवारी द्वारा प्रकाशित वैचारिक तथा राजनीतिक पुस्तक `अग्निशिखा´को `लोकार्पण तथा परिचर्चा कार्यक्रम´ पोखरा स्थित सहिद बिजय ढकाल स्मृति प्रतिष्ठान अन्तरगत घनश्याम ढकाल स्मृति हलमा सम्पन्न भयो।`मार्क्सवादी अध्ययन श्रोत केन्द्र पोखरा´ले आयोजना गरेको सो कार्यक्रममा वक्ताहरुले आत्मालोचना र आलोचनाको सहि परम्परामा पनि प्रवेश गरेका थिए।

कार्यक्रम `अग्निशिखा´ पुस्तकको लोकार्पण र परिचर्चाबाट शुरु भएको थियो।`अग्निशिखा पुस्तक´का परिचर्चाकार प्रा.डा. लेखनाथ भट्टराईले पुस्तकलाई आकार दिन लेखरचना पठाउने लेखकहरुमा मार्क्सवादी चेत उच्च रहेको,आलोचनाको चेत उच्च रहेको तर आत्मालोचनाको चेत कमजोर रहेको संलेषण गर्नु भयो।गुरु शेषमणि आचार्यले “क्रान्तिकारी कम्युनिष्ट आन्दोलनमा सामन्तवादी बिचार र संस्कृति जर्जर समस्याको रुपमा रहेको औल्याउँदै पार्टीका नेताहरुले आफैं विरुद्ध संघर्ष गर्न आफ्नै टाउकोमा तातोपानी खन्याउन सक्नु हुन्छ कि हुन्न?” भन्ने प्रश्न गर्नुभयो।पुर्व मन्त्री त्रिलोचन ढकालको अभिव्यक्तिको अन्तरवस्तुको सार `क्रान्तिकारी कम्युनिष्ट पार्टीहरु अनिवार्यत ऐतिहासिक द्वन्द्वात्मक भौतिकबादी हुन सक्नैपर्छ´। भन्ने थियो।अग्रज क.कोमलनाथ बरालको मुल चिन्ता `क्रान्तिकारी कम्युनिष्टहरुमा पठन संस्कृती कमजोर´ भयो भन्ने थियो। क.केश बहादुर परियारको आलोचना “१० वर्षको जनयुद्धको नेतृत्व गर्ने नेतृत्वमा वर्गीय बिचलन देखियो।” भन्ने रह्यो ।क.राजकाजी गुरुङ करणको मन्तव्यको अन्तरवस्तु `जड सुत्रिय संसोधनवाद र दक्षिण पंथी संसोधनवाद[ससंदिय प्रजातान्त्रलाई सबथोक मान्ने संसदवाद] मुल समस्या´ भन्ने थियो।सबै वक्ताहरुको मन्तव्य सुनिसकेपछी यस कार्यक्रमको समिक्षात्मक धारणा भने यस्तो रहेको छ।

क्रान्तिकारी कम्युनिष्टहरुका निमित्त आलोचना र आत्म-आलोचना सहि परम्परा हो।तर नेपालको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनमा संधैभरी यो असल परम्परा लागु हुन सकेको छैन। आलोचना र आत्म-आलोचनाको सहि परम्पराको थालनी संस्थापक महासचिव क.पुष्पलाल श्रेष्ठबाट नै भएको थियो।यो परम्परालाई तोडफोड गर्ने काम पहाडीया सामन्ती परिवारबाट क्रान्तिकारी कम्युनिष्ट पार्टीमा सामेल हुन आएका केहि पात्रहरुले गरे ।उनीहरुले आलोचना र आत्म-आलोचनाको महत्व र गहिराईलाई कहिल्यै बुझ्न र बुझाउन सकेनन्। उनीहरुबाट पार्टी संगठन भित्र गालीगलौज र आलोचनालाई उस्तै उस्तै बनाउने अभ्यास भयो। यो सामन्तवादी समाजको कम्युनिष्ट पार्टीमा जबर्जस्त पर्न गएको प्रभाव थियो ।उनीहरुले आफुलाई महान देखाउन `गद्दार पुष्पलाल´भन्ने सम्मका भाष्य खडा गरे।तिनताका राजनीतिक कार्यदिशाका हिसाबले `गद्दार पुष्पलाल´ भन्नेहरु भन्दा क. पुष्पलाल श्रेष्ठ सबै हिसाबले उनीहरु भन्दा सहि थिए। `पुष्पलाल स्कुल´ सहि हुँदाहुँदै पनि तीसको दसकमा जसले पुष्पलाल चर्को स्वरमा `गद्दार´ भन्न सक्थ्यो उही क्रान्तिकारी कहलाउँथ्यो।तर आज समय धेरै फेरिएको छ।क्रान्तिकारी कम्युनिष्टहरुले पुष्पलाल प्रतिको मुल्यांकन ठिक रूपमा सच्याएका छन्।उनीहरुले आत्मालोचनाको स्प्रिटलाई पक्डंदै पुष्पलाल प्रतिको तीस को दसकमा गरिएको कमजोरीलाई पुरै सच्याएका छन्। यो एउटा राम्रो थालनी हो।

जनयुद्ध,नेपाल परिवर्तन आन्दोलनमा निर्णायक देखिएको छ।यसको विराट महत्व माथि पुस्तकले अर्थपुर्ण तवरले अर्थाएको छ।परिवर्तनगामी नेपाली समाजले सधै जनयुद्धलाई परिवर्तनको समहांक नै मानिरहेको देखिन्छ।भदौ २३ र २४ को जेन्जी आन्दोलन पछि जनयुद्धकालमा उठाइएका ऐजेन्डाहरुको झन महत्व बढेको देखिन्छ। अग्निशिखा पुस्तकले समाज परिवर्तनका सबै आयामहरुलाई समेट्न खोजेको छ।

अग्निशिखा,पुस्तक अर्थ राजनीतिक दृष्टिले अत्यन्त महत्वपुर्ण छ।पुस्तक भित्र नेपाली कम्युनिष्ट आन्दोलनको अन्तराष्ट्रिय र राष्ट्रिय घटनाक्रमहरुको शिलसिलेवाद लेखहरु रहेका छन।नेपाल कम्युनिष्ट आन्दोलनका उमेरगत हिसावले,लिङ्गीय र जातीय तवरले सवै क्षेत्रका स्थापित व्यक्तिहरुका अनुसन्धानात्मक र आलोचनात्मक लेखहरु छन।आगामी दिनहरुमा अग्निशिखा पुस्तक अध्ययन कर्ताहरुको लागि एउटा महत्वपुर्ण स्रोत भन्ने छ। पुस्तकमा जनयुद्धका अनुभुति देखि राजतन्त्रमा भए गरेका काम र गणतन्त्र नेपालका विचको कार्यको भिन्नता पुस्तकमा तथ्य सहित प्राप्त गर्ने छन।यसर्थ मार्क्सवादी अध्ययन स्रोत केन्द्र बाट प्रकाशित अग्निशिखा पुस्तक महत्वपुर्ण कोशेढुङ्गा हुनेछ।

`वैचारिक तथा राजनीतिक पुस्तक अग्निशिखा को `लोकार्पण तथा परिचर्चा कार्यक्रम´मात्रले पनि यो सकारात्मक सन्देश दिएको छ भने पुस्तकको अन्तरवस्तुले झन धेरै भुमिका निर्वाह गर्नेछ भने अपेक्षा लिएको छु।धन्यवाद।

प्रतिक्रिया दिनुहोस