पोखरा।पोखरामहानगरपालिकको लेखनाथमा रहेको बेगनास ताल बराह क्षेत्रमा हरिबोधिनी एकादशी(तुलसी बिवाह) फुल तार्नेका दिन धर्मोत्सव -२०८२ कार्तिक १५ गतेका दिन आज हुने भएको छ।
धर्मोत्सवमा मधुमाया कंडेल,विष्णुमाया कंडेल र शिवकुमारी कंडेल मुख्य कर्ताको रुपमा छन।
आयोजकका अनुसार बेगनास ताल बराह क्षेत्र संग जोडेर धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्न धर्मोत्सव गरिएको जनाएको छ।