२७ घण्टामै सत्ता ढाल्न सफल ‘जेनजी’ पुस्तालाई कसले अलमलाउदैछ!

नविन के सी
मुलुक विषम परिस्थीतिमा छ।जेनजीको विद्रोहले मुलुकलाई कता पुराउने टुङ्गो छैन।जेनजी युवाहरुको संगठित नेतृत्व नहुनाले यो अन्योलको परिस्थीति सिर्जना भएको हो।यद्यपि देशमा बड्दै गरेको निराशले अहिलेलाई निकाश पाएको छ।

देशका मुख्य मुख्य सडकमा भदौ २३-२४ गते विरोध प्रदर्शनका लागि सडकमा उत्रिएको जेनजी पुस्ताले करिब २७ घण्टामै सत्ता ढाल्न सफल भयो । २३ गते आन्दोलनमा व्यापक दमन भएपछि ठुलो मानवीय क्षति भएको थियो।

विरोध प्रदर्शनमा भएको दमनकै कारण २४ गते जेनजी पुस्ता आक्रोशित भएर सडकमा निस्किए । त्यसदिन अघिल्लो दिनको तुलनामा मानवीय क्षति त धेरै भएन तर अर्बौंका भौतिक संरचना ध्वस्त भए ।सिंहदरवार,सर्वोच्च अदालत लगायत देशका मुख्य प्रशासनिक अंगहरु ध्वस्त बनाईयो,यसको नोक्सान असरको विस्तारै हाम्रा दैनिक जीवनमा पर्दै जाने छ।

देशभर एकसाथ भएको विरोध प्रदर्शन सरकारले झेल्न सकेन । परिणामस्वरुप मंगलबार दिउँसो करिब साढे दुई बजे केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिए ।

त्यस यता राष्ट्रपति रामचन्द्र पौडेल र प्रधान सेनापति अशोकराज सिग्देलले जेनजी पुस्तालाई वार्ताका लागि आह्वान गरेका छन् ।सिग्देलले स्टेकहोल्डरको रुपमा राष्ट्रीय स्वतन्त्र पार्टी,राष्ट्रीय प्रजातन्त्र पार्टी र दुर्गा प्रसांईको सुझाव लिने भन्दै जेनजी प्रतिनिधिलाई भने यो सरासर यस बिद्रोहलाई निष्कर्ष विहिन वनाउने खेल हो।

बुधबार जेनजीका अगुवाहरूबिच अब कसरी प्रस्तुत हुने भन्नेबारे छलफल भएको थियो । सोही क्रममा उनीहरूले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आफ्नो प्रतिनिधिका रूपमा अघि सार्ने तयारी गरिरहेका छन् । यसबारे बिहीबार बिहानसम्म फाइनल निर्णयमा पुग्ने र बिहीबार नै प्रधान सेनापतिसँग छलफलमा बस्ने जेनजी अगुवाको तयारी गरिरहेको विभिन्न संचारमाध्यमा आएको छ।

यसैविच जंगी अड्डाले विभिन्न ग्रुपलाई वार्तामा आउने आव्हान गरेर,जेनजीले टुङ्गाएको विषयलाई झन बल्झाउन र अलमलाउन उद्दत देखिन्छ।साथै युवाहरुको संघर्षलाई प्रतिगमन तर्फ धकेल्न उद्दत देखिन्छ।जंगीअड्डामा पुरातनवादी चिन्तन मन देखिएको छ।यि विषयको सार, नेपाली सेनाको लोकतान्त्रीकरण अझै पनि नभएको देखिदैछ।यसर्थ नेपाली सेनाको लोकतान्त्रीकरण अवका दिनमा गर्नु पर्ने देखिन्छ।तथापि जंगीअड्डाले अहिले उठिरहेका विषयलाई गंभीरतापुर्वक मनन गर्दै शान्तिको वातावरण कायम गराउन लाग्ने छ।यि सबै काम राष्ट्रपतिको सरसल्लाहमा अगाडी बढ्ने छ।

साथसाथै जंगीअड्डाले यो पनि बुझ्नुपर्दछ कि बहुमत जनमतको मत, निर्दलियता स्वीकार्यता छैन।राजनीतिक दलहरुकै योगदानले आएको गणतन्त्रले जेनजी युवाहरु प्रशस्त अभिव्यक्तिको स्वतन्त्र दिएको हो।यसर्थ गणतन्त्र आत्मा हो।गणतन्त्रको विकल्प उन्नत गणतन्त्र हो,राजतन्त्र होईन।राजतन्त्र ‘नेपो बेवी’ हो।जेनजी यसमा सधै सचेत हुनुपर्दछ।युवाहरु समृद्ध र उन्नत व्यवस्थामा अगाडी बढ्ने हो,पछाडी फर्कने छुट छैन।

यद्यपि जेनजी युवाहरुको जायज माग पुरा हुनुपर्दछ।मुलुकले निराशा बाट उत्साह सहितको निकाश पाउनु पर्दछ।जेनजी युवाहरुले दिइएको सन्देश,आगामी दिनमा मुलकमा नेतृत्व गर्नेहरुले मनन गर्दै संयम हुनु पर्दछ।

जनयुद्ध र जनआन्दोलन बाट प्राप्त उपलब्धीलाई निमोठ्ने तर्फ उन्मुख कार्य कदापि स्वीकार्य हुने छैन।यदि केपी ओलीको जस्तै हेलचक्राई जंगीअड्डको भयो भने यि घटनाक्रमलाई सिंहालोकन गर्दा नेपालमा पुन निकट भविष्यमा अर्को प्रकारको विद्रोह हुने संभावना सन्निकट छ।यसर्थ नेपालको संविधान २०७२,मा रहेर जेनजी युवाहरुको माग सम्वोधन हुनुपर्दछ।यसमा इफ,नो र बट हुनु हुदैन।

प्रतिक्रिया दिनुहोस