जेनजी आन्दोलनले दिइएको सन्देश र युवाहरुको माग पुरा गर

रुद्र बहादुर विश्वकर्मा

विश्वमा आज सम्म भएका धेरै आन्दोलन भएका छन।परिवर्तनका लागि ति आन्दोलनमा युवाहरुको भुमिका प्रधान छ।आन्दोलनमा युवाहरुले वलिदान पनि गरेका छन।सन् 2025-septamber -8 जेनजीका क्रममा निर्दोष, कलिला र अबोध युवाहरूको जीवन गुमाउनु परेको तथ्य हाम्रो समाज र राष्ट्रकै लागि हृदयविदारक सत्य हो । आफ्ना सपनाहरू अधुरै छोडेर बलिदान हुन पुगेका ती युवाहरू केवल व्यक्तिगत पीडाका पात्र मात्र होइनन्, परिवर्तनको आधारशिला पनि हुन् । आज उनीहरूलाई श्रद्धाञ्जली अर्पण गर्नु हाम्रो कर्तव्य हो भने, उनीहरूले देखाएको बाटो पछ्याउनु हाम्रो जिम्मेवारी हो ।

नेपाली इतिहासमा प्रत्येक निर्णायक परिवर्तन युवाको संघर्ष र बलिदानले सम्भव भएको छ । २०४६ सालको जनआन्दोलन, २०५२ फाल्गुण १ बाट सुरु भएको जनयुद्ध २०६२/०६३ को जनआन्दोलन, र त्यसअघिका संघर्षहरू हरेकले समाजलाई नयाँ दिशा दिएका छन् तर यति संघर्ष र बलिदानपछि पनि आजको राजनीतिक अस्थिरता, दलहरूको आपसी स्वार्थ, र असक्षम नेतृत्वले देशलाई पुनः अनिश्चितताको गतीमा धकेलेको छ। यही असन्तोष र आक्रोशको परिणामस्वरूप देशभरका युवाहरू फेरि सडकमा निस्किएका छन् ।र सधै आन्दोलनका बहावहरु अॅाधिहुरु आईरहने नै छन । आन्दोलनलाई उराल्ने मूल एजेन्डा स्पष्ट छ अब देशमा स्थिर सरकार आवश्यक छ बारंवार सरकार परिवर्तनले विकासका योजनाहरू अधुरै रहन्छन्, नीतिहरू कार्यान्वयन हुँदैनन्, र भ्रष्टाचारलाई अझ बढावा दिन्छ। देश र जनताले दशकौँदेखि स्थायित्वको खोजी गरिरहेका छन् ।

यसर्थ, अब आन्दोलनको महत्वपुर्ण माग हो प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था दलहरूको आन्तरिक चलखेल र स्वार्थको बन्दी बनेको वर्तमान संसदीय अभ्यासले राष्ट्रलाई निरन्तर अस्थिरतामा डुबाएको छ। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख भए मात्र जनतासमक्ष जवाफदेही हुनेछन् सरकारले पूर्ण कार्यकाल पूरा गर्नेछ, अनि नीति र कार्यक्रम दीर्घकालीन रूपमा कार्यान्वयन हुनेछन् । यत्रा विद्रोह र संघर्षबाट प्राप्त संघियलोकतान्रिक गणतन्त्र राज्यको मर्म र भावना नबुझि आफ्नो स्वार्थमा तलिन अप्रकृतिक रुपमा बनेको गठबंधन सरकारले कुनै पनि विकास र संमृधिको खाका तयार गर्न नै सक्दैन राज्य सत्ता मा बस्ने भनेको देश र जनताको लागि भन्दा पनि आफुले गरेका गल्ति लुकाउने अड्डा बनेको छ ।

हरेक आन्दोलनमा बलिदान भएका ती युवाहरूको रगत हामीलाई सम्झाउँछ परिवर्तन सजिलो छैन, तर असम्भव पनि होइन । यो बलिदान बेकार जान दिनुहुन्न । यी जीवनहरूको बलिदानले देशलाई नयाँ संविधान संशोधनमार्फत स्थिर सरकार र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्न बाध्य पार्नेछ ।

आजको आवश्यकता केवल श्रद्धाञ्जलीमा दिनुमा मात्रै सीमित छैन ।आवश्यकता छ उनीहरूको सपना पूरा गर्ने संकल्पमा, दमनकारी सत्ता र दलाल शक्तिविरुद्ध निरन्तर संघर्ष गर्ने दृढतामा जनताले भनेको, युवाले आह्वान गरेको र बलिदानले माग गरेको यही एजेन्डा पूरा नगरेसम्म देशले शान्ति, स्थिरता र समृद्धि देख्न सक्दैन ।

जेनजी युवाहरुले गरेको आन्दोलनलाई हाम्रो समर्थन छ र आज फेरि एकपटक लुटतन्त्र बिरुद्ध परिवर्तनको उद्घोष गर्न जरुरी पनि छ। युवाहरुको बलिदानले ओतप्रोत यो आन्दोलनले सामाजिक न्याय, स्थिरता र राष्ट्रिय एकताका लागि ऐतिहासिक मोड हो । यही बाटोले मात्र नेपाललाई राजनीतिक अस्थिरता र अविकासको अन्धकारबाट निकाल्दै उज्यालो र स्वाभिमानी भविष्यतर्फ डोर्याउनेछ ।जेनजी आन्दोलनमा वलिदान गरेका युवाहरुलाई सहिद घोषणा गर्न राज्यले ढिला नगरोस् । साथै घाईतेहरुलाई उपचारको व्यवस्था राज्यबाटनै गर्नुपर्न छ ।

प्रतिक्रिया दिनुहोस