पोखरा २८ का स्थानीयहरुले मेयर आचार्यलाई नियमित विद्युत आपूर्ति,खानेपानी लगायतका समस्या बारे गराए ध्यानाकर्षण

पोखरा महानगरपालिका वडा नम्बर २८ का स्थानीयले मेयर धनराज आचार्यलाई भेटेर नियमित विद्युत् आपूर्ति, यातायात, कृषिजन्य उत्पादनको बजारीकरण, बाँदर आतंक र खानेपानी लगायतका समस्याबारे जानकारी गराएका छन् । मेयर आचार्यले पोखरा २८ वासीका समस्याबारे आफू जानकार रहेको उल्लेख गर्दै क्रमशः समाधान गर्ने प्रतिबद्धता जनाएका छन।

विद्युत् नियमित आपूर्तिका लागि विद्युत् प्राधिकरणसँग समन्वय गर्ने र खानेपानीको नियमित आपूर्तिका लागि विशेष पहल गर्ने र बांदर आतङ्क न्युनिकरण गर्ने उपायमा लाग्ने बारे पनि मेयर आचार्यले बताए।साथै कृषिजन्य उत्पादनको बजारीकरणका लागि महानगरपालिकाले सञ्चालन गरिरहेको कृषि एम्बुलेन्सको सेवालाई विस्तार गरिने उनले जानकारी दिए । यातायात सेवाको नियमितताका लागि सम्बन्धित यातायात व्यवसायीहरूसँग समन्वय गरेर समस्याको समाधान गरिने उनले बताए । जनसरोकारका विषयमा आफू गम्भीर रहेको पनि उनले उल्लेख गरे।

मेयरसँगको भेटपछि र विद्युत कार्यलयमा ज्ञापनपत्र बुझाएपछि आफ्ना समस्याहरू यथाशिघ्र समाधान हुने विश्वासमा रहेका स्थानीयहरुको तर्फ बाट युवा समाजसेवी नविन के.सीले वताए।

प्रतिक्रिया दिनुहोस