अखिल(क्रान्तिकारी) प्राकृतिक श्रोत ब्यवस्थापन कलेज पुरुन्चौरले,कलेज प्रमुखलाई बुझायो ध्यानाकर्षण पत्र

अखिल(क्रान्तिकारी) प्रकृतिक स्रोत व्यवस्थापन कलेज पुरन्चौरको मुल इकाईले समितिले १२ बुदें शैक्षिक एवम प्रशासनिक सुधारका लागि ध्यानाकर्षण पत्र कलेज प्रशासनमा बुझाएको छ।

अखिल (क्रान्तिकारी)ले ध्यानाकर्षण गरेका मुख्य मागहरु:
आन्तरिक परिक्षा तालिका बेलैमा सार्वजनिक गरि परिक्षा २ को अन्तरमा परिक्षा दिने वातावरण वनाउने,वार्षिक परिक्षाको नतिजा बेलैमा सार्वजनिक हुनु पर्ने,सुझाव पेटिका कलेज परिसरमा राख्ने,सम्पुर्ण खेलकुद मैदान र सामग्री उपलब्ध गराउने,पार्किङ हुनु पर्ने,शौचालय सफा हुनु पर्ने,प्रयोशालामा सामान प्रयाप्त हुनु पर्ने,प्रथामिक उपचारको लागि औषधि कलेजमा हुनु पर्ने,विद्यार्थि परिषदको गठन मुख्य माग रहेका छन।

ध्यानाकर्षण पत्रमा अध्यक्ष सन्देश न्यौपाने र सचिव रमेश ऐरले हस्ताक्षर गरेका छन।यि मागहरु कलेज प्रमुखलाई अखिल(क्रान्तिकारी) प्रकृतिक स्रोत व्यवस्थापन कलेज पुरन्चौरको मुल इकाईले समितिले बुझाएको छ।कलेज स्थापनाकाल देखि नै शैक्षिक र प्रशासनिक सुधारका लागि सधै अखिल(क्रान्तिकारी)लागि रहेको विद्यार्थिहरुले बताए।

यि १२ बुदें माग पुरा नगरे कलेज प्रशासनले अखिल(क्रान्तिकारी) प्रकृतिक स्रोत व्यवस्थापन कलेज पुरन्चौरको मुल इकाईले समितिले शसक्त प्रतिवाद गर्ने अध्यक्ष सन्देश न्यौपानेले वताए।

प्रतिक्रिया दिनुहोस