कास्कीको मादी गाउपालिका वडा नं.७ को सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरणका लागि घर पायक सुविधा वडा अध्यक्ष दुर्गा गुरुङको पहलमा भएको छ।
परिचयपत्र नविकरण वडा कार्यलय परिसर तथा वडा नं.७ बाट पोखरा महानगर पालिकामा बसोवास गरिरहेका नागरिकहरुलाई लक्षित गरेर घुम्ती सेवा सुरु भएको छ।
घुम्ती सेवा साउन २०,२१,२२ र २३ गते पोखरा महानगरपालिका वडा नं. १२ मा रहेको जनकल्याण तमु समाज(थाक) माटेपानीमा भएको थियो।
परिचयपत्र नविकरणमा वालवालिका,अपाङ्ग र जेष्ठ नागरिक सहित दुई सय जनाले सेवा लिएको वडा अध्यक्ष दुर्गा गुरुङले बताए।नागरिकता सिफारीस लगायत अन्य आवश्य सिफारिस पनि गरिएको अध्यक्ष गुरुङ जानकारी गराए।
नविकरण तथा सिफारिस क्रममा उपस्थित वडाबासी नागरिकहरुलाई सेवा गर्न पाउनु गौरवको विषय भएको वडा अध्यक्ष दुर्गा गुरुङले बताएका थिए।