तनहुँको मादी पुलबाट जिप खस्दा,तीन जनाको मृत्यु

शनिवार राति करिब सांढे ११ बजे पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिकाको वडा नम्बर ३ र ४ जोड्ने मादी नदीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग २ च ५७६० नम्बरको उक्त जिप मादी नदी पुलको रेलिङ भत्काएर नदीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।जिपमा पांच जना सवार थिए।

मृत्यु हुनेमा व्यास नगरपालिका– ५ का कुशल मगर, प्रविन मगर र कुमार मगर रहेका छन् । त्यस्तै, दुर्घटनामा परेर चालक रोहित गुट्टा र धिरज रौनिहार घाइते भएका छन् ।

घाइतेमध्ये रौनिहारलाई दमौली अस्पतालमा प्राथमिक उपचार गरेर पोखरा रिफर गरिएको छ । त्यस्तै, चालक गुट्टाको दमौली अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस