नेपाल क्योकुशिन कराते बाघमारा डोजोका ४० जना खेलाडीहरू दिक्षित

नेपाल क्योकुशिन-कान कराते  पोखरा ३३ बागमारा डोजोको जुनियर बेल्ट दिक्षान्त समारोह  बागमारा डोजो हलमा सम्पन्न भएको छ।

नेपाल क्योकुशिन कान कराते संघको वार्षिक कार्यतालिका अनुसार २०८१ पौष ६ गते सम्पन्न परिक्षामा सहभागी भई उतिर्ण ४० जना खेलाडीहरूलाई दिक्षित गरिएको हो।
पोखरा महानगरपालिका वडा नं: ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उत्त कार्यक्रममा नेपाल क्योकुशिन- कान करातेका ब्रान्च चिप लक्ष्मण कुँवरको बिशेष उपस्थिति रहेको थियो ।  साथै वडाका सम्पुर्ण सदस्यहरु , लेखनाथ डोजोका डोजो प्रमुख सुवास खड्का, बिनोद नेगी समेतको उपस्थिती रहेको थियो ।

यस्तै कार्यक्रममा २४ औं  माछापुच्छ्रे  फुलकन्ट्र्याक करातेमा बिजेता खेलाडीहरुलाई वडा अध्यक्ष अधिकारीद्वारा खादा लगाएर सम्मान गर्नुभएको थियो ।

स्थानिय अभिभावक समेत गरी करिब १०० जनाको उपस्थितमा  भएको कार्यक्रममा प्रमुख अतिथी वडा अध्यक्ष रामचन्द्र अधिकारीले डोजो सन्चालक साथै खेलाडीहरुलाई बधाई दिदै , वडा भित्र कयौं युवाहरु कुलतमा लागेर बिग्रीरहेको अवस्थामा डोजोले एक असल युवा र बालबालिकालाई सहि मार्गनिर्देशन दिएको भन्दै  अधिकारीले वडाको पहलमा वडा भित्र  डोजोमा कराते प्रतियोगिता गराउने प्रतिबद्धता ब्यत्त गर्नुभएको थियो ।

बागमारा डोजोकि खेलाडी  अनुस्का बिश्वकर्माद्वारा संचालित कार्यक्रममा डोजोकी खेलाडी स्वीकृति अधिकारीले स्वागत मन्तब्य राख्नुभएको थियो भने कार्यक्रम डोजोका संचालक तथा कार्यक्रमका अध्यक्ष  सुमन पर्तेलले समापन गर्नुभएको हो ।

बागमारा डोजोले यस अघिपनि विभिन्न कार्यक्रमहरु आयोजना गर्दै सक्षम  खेलाडीहरु उत्पादन गर्दै आईरहेको छ । यस डोजोका संचालक सुमन पर्तेलका अनुसार डोजोले हालसम्म करिब ७०० जना खेलाडीहरु उत्पादन गरिसकेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस