पोखरा महानगरपालिका र शहरी विकास मन्त्रालयको संयुक्त आयोजनामा आज कालिकास्थानमा आयोजित एक समारोहका बीच पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सडकको शिलान्यास गर्नुुभयो ।
विश्व बैंकको सहयोगमा निर्माण हुन लागेको कुल १२.४४ किमि दुरीको सडकको लागत अनुमान एक अर्ब आठ करोड ४८ लाख ९१ हजार ३२६ रुपैयाँ रहेकोमा ७७ करोड ६८ लाख ९२ हजार ८३७ रुपैयाँमा आशिष निर्माण सेवा प्रा.लि.सँग यही असार ६ गते ठेक्का सम्झौता भइ काम सुरु गरिएको हो । ठेक्का सम्झौताको मितिबाट ३९० दिनमा काम सम्पन्न गर्नुपर्ने जनाइएको छ ।
शिलान्यास कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यो सडक आयोजना महानगरको गौरवको आयोजना भएको बताउँदै महानगरभित्र २८ अर्ब भन्दा बढीका विभिन्न आयोजनाहरू सञ्चालन भैरहेको बताउनुुभयो ।
ठूलो मिहिनेतका साथ प्राप्त आयोजनालाई सफल बनाउनु स्थानीयको दायित्व भएको बताउँदै उहाँलाई यसलाई अवसरका रुपमा लिदै साथ र सहयोग गर्न आग्रह गर्नुुभयो ।
शहरी विकास मन्त्रालयका सचिव मनिराम गेलालले पोखराको विकासलाई मन्त्रालयले उच्च प्राथमिकतामा राखेको बताउनुुभयो ।
पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारीले योजना ल्याउनका लागि धेरै प्रयास भएको बताउँदै यसलाई समयमा नै सम्पन्न गराउन सम्बद्ध सबैको साथ र सहयोग आवश्यक भएको धारणा राख्नुुभयो ।
कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा, आशिष निर्माण सेवा प्रा.लि.का प्रतिनिधि निर्माण गौली लगायतले योजनालाई समयमा नै सम्पन्न गर्न सबैको साथ र सहयोग हुने विश्वास व्यक्त गर्नुुभयो ।