भल नियन्त्रणमा चासो नदेखाएको भन्दै पोखरा बत्तीस कार्यलयमा ताला !

पोखरा महानगरपालिका वडा नम्बर ३२ कार्यलयमा स्थानियद्वारा ताला लगाईएको छ ।

पृथ्वीराजमार्ग अन्तर्गत तल्लोगगनगौडा, लामेआहाल र मजुवा सडक खण्ड अन्तर्गत सडक बनाउने क्रममा सडकको नाला साथै भलपानी निकासको उचित ब्यवस्थापन नगरी बस्ती र सडकनै धरापमा पर्ने भन्दै यश बिषयमा वडाले कुनै चासो र तत्परता नदेखाएको भन्दै उत्त क्षत्रका स्थानियहरु द्वारा आज वडा कार्यलयमै पुगेर विभिन्न माग सहित ताला लगाएका हुन ।

पृथ्वीराजमार्ग बिस्तारका क्रममा बिजयपुर देखि कोत्रे सम्म भर्का सावीक पुराना कल्बर्डहरु यथा स्थानमा नै कायम गराई तल्लो भत्केको चौकी देखि तल्लो गगनगौडा सम्म सावीकको कल्बर्डहरु खोलिएतापनी राधाकृष्ण टोलको कुनैपनि कल्बर्ड नखोलिएकाले यसको प्रत्यक्ष असर लामेआहाल, मजुवा र रानिबन साथै सिधा पृथ्वीराजमार्गलाई नै असर पर्ने भन्दै करिब १५० जना  स्थानियहरु भेला भई ताला लगाईएको हो ।

 

पटक पटक वडा प्रमुख अक्कलबहादुर समक्ष निवेदन गर्दा समेत कुनै चासो नदेखाएको उनिहरुको आरोप छ ।

लामो समयदेखि उत्त क्षत्र ढुवानमा पर्दै आईरहेको थियो भने अहिलेको सडक बिस्तार गर्दा सावीकको नाला र कल्बर्ड समेतलाई वेवस्ता गर्दै नखोलीएपछि उत्त स्थानका लाउरेटोल , म्याग्दी टोल , कालिका नगर, ठुलोपाटन, हुँदै लामेआहाल र मजुवा समेतका लगभग २०० घरभन्दा बढ डुवानमा पर्ने देखिन्छ ।

यसरी प्रत्येक्ष रुपमा उत्त स्थानका जनतालाई बाढीले प्रभावित पार्नेहुँदा  वडा कार्यलयमा लगाईएको  ताला  छलफल र वार्ता नभई नखोलीने स्थानियहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस