माओवादी कास्किमा खैलाबैला

नेकपा माओवादी केन्द्र कास्किका इन्चार्जमा दिपक कोइरालाले जिम्मेवारी पाएको हल्ला सँगै कास्किमा खैलाबैला मच्चिएको छ।

नेकपा माओवादी केन्द्र कास्किमा केही महिना अगाडी राजकाजी गुरुङ (करण) इन्चार्ज रहेकै बेला नेपाल सरकारका  अर्थ मन्त्री बर्समान पुनको सल्लाहकार भएर गए पछि कास्किमा इन्चार्ज को बन्ने भनेर रस्साकस्सी थियो।

माओवादी उच्च स्रोतका अनुसार तत्कालीन इन्चार्ज करण सल्लाहकारमा गए संगै रामजी बरालले लिएको इन्चार्जको जिम्मेवारी हाल सम्म अर्थात ३ महिनाको लागि मात्रै भनेर जेन्टल सहमती भएको दिपक पक्षधर नेता कार्यकर्ता बताउछन । स्रोतका अनुसार प्रदेश कार्यालयको महत्त्वपूर्ण बैठकले कोइरालालाई जिम्मेवारी तोकेपछि जिल्लामा चरम खैलाबैला भने रहेको छ ।

कार्यालयको यस्तो हवला दिदै गरिएका अप्रत्याशित निर्णयले गुटबन्दी बढ्न सक्ने आशन्का गर्दै जिल्ला स्तरिय नेता कार्यकर्ताले भने चिन्ता व्यक्त गरेका छन् ।  यो बिसयमा भर्खरै जिम्मेवारी मुक्त भएका इन्चार्ज रामजी बरालको भने विभिन्न मिडिया मार्फत यस्तो नहुनु पर्ने भएको र दुखद भएको धारणा व्यक्त गरेका छन भने माओवादी कास्किमा तिनै जना नेताहरू प्रभाबशाली भएकै कारण मिल्नुको विकल्प नभएको कार्यकर्ता पंक्तिले जनाएको छ।

माओवादी कास्कीमा तिनै जना नेता हरु जनप्रतिनिधिको रुपमा काम गरिसकेको हुँदा तिनै जना नेताहरु पार्टीको पुजिको रुपमा रहन सक्ने कार्यकर्ताहरु बताउछन  ।

कास्किमा स्थापित भएका नेताहरु राजकाजी पर्बत बाट आएका हुन भने , दिपक चितवन बाट जनयुद्धकै क्रममा पार्टीका महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका हुन। भने रामजी बराल कास्की पुम्दीभुम्दिका हुन। दिपक र राजकाजी दुबै जना माओवादी अध्यक्ष प्रचण्डका निकट पात्र मानिदै आएको बुझिन्छ।

प्रतिक्रिया दिनुहोस