गण्डकी प्रदेश स्केटिङ्ग तथा स्केटबोर्डिङ्ग संघको अध्यक्षमा राजकुमार घिमिरे चयन भएका छन् ।
पोखरा रंगशाला स्थित गण्डकी प्रदेश खेलकुद परिषदको कार्यालयमा सम्पन्न भएको भेलाका बिच घिमिरेलाई अध्यक्ष चयन गरिएको हो ।
संयोजक राजकुमार घिमिरेको अध्यक्षतामा भएको भेलामा प्रमुख अतिथी गण्डकी खेलकुद परिषदका सदस्य बिनय थापाको उपस्थिती रहेको थियो ।
यस्तै भेलाले ९ सदस्यीय प्रदेश स्तरिय संघ गठन गरेको छ जसमा अध्यक्ष राजकुमार घिमिरे , उपाध्यक्ष बुद्दि पुन, सचीव सुर्य बहादुर खड्का , कोसाध्यक्ष भरत तिमिल्सिना , सदस्यहरुमा सुनिल भुर्तेल, दयाराम अधिकारि,सुशान कार्की, माया छन्त्याल , र ईश्वर सिंह रहेका छन् ।
भेलाले स्केट खेलको ईतिहास, बर्तमान र आगामी भबिस्य सहित छ्लफल गरेर यो खेल बिकास , प्रचार प्रसार, प्रबर्द्धन र मर्यादित बनाउने प्रतिबद्धता समेत गरेको छ ।