पोखरा ३३ मा निशुल्क: स्वास्थ्य शिवीर सम्पन्न !

पोखरा महानगरपालिका ३३ पुडीटारमा निशुल्क : स्वास्थ शिविर सम्पन्न भएको छ ।

बरपाण्डेथुम ज्यष्ठ नागरिक चौतारीको आयोजनामा पोखरा महानगरपालिका ३३ को सहयोग, समाजकल्याण परिषद  राष्ट्रिय कोपको सहकार्य साथै मणिपाल शिक्षण अस्पतालको प्राबिधिक सहयोगमा  सम्पन्न भएको  हो ।

पोखरा महानगरपालिका ३३ पुडीटार स्थित भएको निशुल्क स्वास्थ्य शिविरमा महिलाहरुमा देखिने पाठे`घर तथा स्त`न क्यान्सर रोग सम्बन्धि जाँच एवं परामर्श दिईएको थियो भने जेष्ठ नागरिकहरुका लागि निशुल्क स्वास्थ्य परिक्षण तथा औषधि बितरण गरिएको थियो । साथै अन्य उमेर समुहका नागरिक सहित करिब १७७ जनाले चेकजाँच तथा परामर्श द्वारा लाभान्वित भएका छन्  ।

बरपाण्डेथुम ज्यष्ठ नागरिक चौतारीका अध्यक्ष केशब लम्सालको उपस्थिती साथै पोखरा महानगरपालिका वडा नम्बर ३३ का वडा अध्यक्ष लगाएतको उपस्थितिमा भएको कार्यक्रममा मणिपाल शिक्षण अस्पतालका जनरल मेडिसियन डा. प्रबिण देवकोटा, डा. मानइवी काफ्ले, स्त्री रोग डा. पुजा झा, फार्मेसिस्ट लगाएत १५ जनाको उपस्थितिमा शिविर सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस