पोखरामा `हल्ट प्राईज´ अभीमुखीकरण कार्यक्रम  सम्पन्न

पोखरामा रहेको कन्या क्याम्पसमा ‘ हल्ट प्राईज ‘ अभीमुखीकरण कार्यक्रम  सम्पन्न भएको छ ।
कन्या क्याम्पसमा माघ १२ गते सञ्चालन गरिएको हल्ट प्राईज  कार्यक्रममा करिब ७० जना विद्यार्थीहरुको उपस्थिति रहेको थियो भने  कार्यक्रममा क्याम्पस प्रमुख सुरेश कुमार मानन्धर लगायत अन्य शिक्षक शिक्षिकाको पनि उपस्थिति रहेको थियो।

कार्यक्रम वि.विएस प्रथम वर्षमा अधन्यनरत र हल्ट प्राइज अन्तर क्याम्पस समितिकी सञ्चालिका छात्रा हेमा गुरुङले सञ्चालन गर्नु भएको थियो। कार्यक्रम नेपाली राष्ट्रिय गानबाट सुरु गरिएको थियो। सञ्चालिका हेमा गुरुङले विशिष्ठ अतिथिहरुलाई स्वागत गर्नु भएको थियो। विशिष्ठ अतिथिहरुमा हल्ट प्राईज नेपालका उपराष्ट्रिय संयोजक किशोर पनेरू, स्टार्टअप संयोजक सचिन घिमिरे, राष्ट्रिय अनक्याम्पस संयोजक दामोदर भुसालको समेत उपस्थिति रहेको थियो।

यस्तै विशिष्ठ अतिथिहरुले हल्ट प्राइजको बारेमा आफ्नो अमूल्य ज्ञान, अनुभव बारे बताउनु भयो। उक्त कार्यक्रमका विशिष्ठ अतिथि किशोर पनेरुले नेपालको सन्दर्भमा हल्ट प्राइजको अवस्था बारे  बताउनु भयो त्यस्तै सचिन घिमिरेले हल्ट प्राइजको स्टार्टअप र दामोदर भुसालले हल्ट प्राइज अनक्याम्पसको बारेमा चर्चा गर्नु भएको थियो। कार्यक्रमको अन्त्यमा क्याम्पस प्रमुख सुरेश कुमार मानन्धरले आफ्नो छोटो मन्तव्य राख्नु भएको थियो र विशिष्ठ अतिथिहरुलाई मायाको चिनो प्रदान गर्दै हल्ट प्राइज अनक्याम्पस समितिकी क्याम्पस निर्देशक सञ्जना पुडासैनीद्वारा कार्यक्रम सम्पन्न गरिएको थियो।

प्रतिक्रिया दिनुहोस