महिला लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएको छ ।
कम्पनीको सञ्चालक समितिको बिहीबार बसेको बैठकले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
कम्पनीले यसअघि आर्थिक वर्ष २०७८–७९ को नाफाबाट ५० प्रतिशत लाभांश वितरण गरेको थियो ।
संस्थाले वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ ।