कालिका मावीको ४१ औ बार्षिकोत्सव सम्पन्न !

पोखरा महानगर पालिका वडा नं ३३, आँपु भञ्ज्याङमा रहेको श्री कालिका माध्यमिक विद्यालयले आफ्नो ४१ औ बार्षिकोत्सव,अभिभावक दिवस एवं पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालयको ब्यवस्थापन समितीका अध्यक्ष गंगा वहादुर पुनको अध्यक्षता एवं प्रदेश सभा सदस्य भीम कार्कीको प्रमुख आथित्यतामा सम्पन्न भएको कार्यक्रममा विद्यालयलाई विभिन्न किसिमले सहयोग गरेका सहयोगदाता, अभिभावक संघ अध्यक्ष,चन्दादाता, अक्षयकोष दाता ,उत्कृष्ट शिक्षक शिक्षिकालाई कदर एवं सम्मान गरिएको थियो ।

यस्तै अध्यक्ष पुनले विद्यालयको गतिविधीको वारेमा प्रकाश पारेका थिए भने विद्यालय प्रअ प्रेम पोख्रलले विद्यालयको आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

विद्यालयको विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको सो कार्यक्रममा पोखरा महानगर पालिकाका वडाध्यक्ष रामचन्द्र अधिकारीले विद्यालयको आफू सो विद्यालयको भू.पू विद्यार्थीको नाताले सक्दो सहयोग गर्ने र शैक्षिक सुधारको लागि कार्ययोजना समेत प्रस्तुत गरेका थिए ।

यस्तै कार्यक्रममा उत्कृष्ठ शिक्षक तर्फ नारायण प्रसाद चापागाई र वालकुमारी थापा मगरलाई सम्मान गरिएको थियो सो कार्यक्रममा शैक्षिक एवं अतिरिक्त कृयाकलाप तर्फ उत्कृष्ठ विद्यार्थी बिध्यार्थिहरुलाई समेत पुरस्कार वितरण गरिएको थियो ।

आर्थिक एवं अक्षयकोषमा सहयोग गर्ने जनजागृति महिला समाज लामगादी, झाँक्रीखोला सामुदायीक वन, लक्ष्मण विजयपति, लोकमाया वानिया, रामजी वानिया, डि.वि विश्वकर्मा, मनिषा गुरुङ, मिना थापा, फुलमाया गुरुङ ,राजेन्द्र गुरुङ लगायतलाई दोसल्ला ओडाई सम्मान गरिएको थियो ।

साथै भुपु शिक्षक तथा सहयोगी शालिकराम पौडेल, गंगा वहादुर गुरुङ, सोमवहादुर गुरुङ, हिरामान श्रेष्ठ, मेघनाथ ढकाल, कर्णवहादुर गुरुङ लाई समेत सम्मान गरिएको थियो भने कार्यक्रम विद्यालयका सहायक प्र.अ. विश्वराज वास्तोलाले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस