पोखरा । पोखरामा चलिरहेको लेखनाथ महोत्सव स्थलको गेट नजिकै बसको ठक्करले एक जनाको मृत्यु जनाईएको छ ।
बस अनियन्त्रित भएर महोत्सव स्थल नजिकै फुटपाथमा व्यापार गरिरहेका व्यापारीलाई ठक्कर दिएको हो । उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
दुर्घटनामा बसमा सवार तीन जना सामान्य घाईते भएको साथै उनिहरुलाई लेकसिटी अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यलय डाडानाकले बताएको छ ।
दुर्घटनाको थप विवरण आउन बाँकी छ ।