क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, कास्कीले जलमाफिया, भुमाफियाको विरुद्ध संघर्ष गर्ने भन्दै पोखरा महानगरपालिकाले वडा नं ६ मा पर्ने पार्कलाई ध्वस्त बनाई सार्वजनिक शौचालयको नाममा सुर्य नेपाल प्राली लाई क्याफे खोल्ने अनुमती दिएको हुँदा उक्त कार्यको विरुद्ध शौचालय बनिरहेको स्थानमा बिरोध स्वरुप ब्यानर लगाएको छ ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य लगायत सूर्य नेपाल प्रा.लि.ले उच्च अदालत पोखराको आदेशलाई लत्याई पर्यटकीय नगरी लेकसाईडस्थित बाराही चोक नजिकैं रहेको पार्कमा शौंचालय निर्माणको वाहनामा निजी कम्पनीलाई पक्की भवन बनाएर कफि शप खोल्ने सम्झौंता मेयर आचार्यले गरेपछि क्रान्तिकारी कम्युनिस्ट पार्टीले विरोध गर्दै ब्यानर लगाएको हो ।
पर्यटकीय नगरी लेकसाईडको बिचमा रहेको सुन्दर पार्कलाई मासेर व्यापारीलाई बषौंसम्मका लागि सार्वजनिक जमिन कौंडीको मूल्यमा दिन लागेको भन्दै सम्पूर्ण सार्वजनिक सम्पत्तिको संरक्षण गर, जनताको फैसला कार्यन्वयन गर । सम्झौता रद्द गर जस्ता नारा सहित क्रान्तिकारी कम्युनिस्ट पार्टी कास्कीले ब्यानर लगाएको छ ।