ए कमरेड
अमृसो बेचेर समाजवाद आउने भए
पहिले मेरो आमालाई आउनु पर्थ्यो
मेरि आमा धनाड्यको आगनहरुमा धाउनु किन पर्थ्यो ?
ए कमरेड
कुखुरा,गाई भैंसी र बंगुर पालेर समाजवाद आउने भए त्यो पनि पहिले मेरो आमालाई आउनु पर्थ्यो
बा हरु साहु महाजनको दैलो अनि गोठमा धाउनु किन पर्थ्यो ?
ए कमरेड
धान रोपेर समाजवाद आउने भए
पहिले हाम्रो किसानको घरमा आउनु पर्थ्यो
यो देशका किसानहरु जमिन्दारको जमिनहरुमा धाउनु किन पर्थ्यो ?
ए कमरेड
श्रम मात्रै गरेर समाजवाद आउने भए
पहिले अजय सुमार्गी र बिनोद चौधरिको उद्योगमा काम गर्ने मजदुरको घरमा आउनु पर्थ्यो
यो देशका नौजवान युवाहरु खाडी मुलुक धाउनु किन पर्थ्यो ?
ए कमरेड
मिनिमार्ट बनाएर समाजवाद आउने भए
पहिले प्रेम प्र.आचार्यहरुको घरमा आउनु पर्थ्यो
यो देशका उधमिहरु दलाल पुँजिपतिकोमा धाउनु किन पर्थ्यो ?
ए कमरेड
संशोधनवादीहरु सङ्ग मोर्चा बनाएर समाजवाद आउने भए
हजारौं सपुतहरुले रगत नबगाउदै आउनु पर्थ्यो
मालेमावादी दृस्टिकोण सहितको कम्युनिस्ट पार्टी बनाउनु किन पर्थ्यो ?