पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिको अध्यक्षमा योगेन्द्रबहादुर केसी निर्वाचित

पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिको अध्यक्ष पदमा दोस्रो कार्यकालका लागि योगेन्द्रबहादुर केसी निर्वाचित हुनुभएको छ । यही भदौ ७ र ८ गते पोखरामा सम्पन्न अधिवेशनमा अध्यक्षका प्रत्याशीद्धय एनकुमार साइ र धर्मराज अर्याललाई पराजित गर्दै केसी अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

अध्यक्षमा विजयी केसीले ७६२ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी साइले २९० र अर्यालले ५६ मत ल्याउनु भएको थियो ।

यसैगरी कम्पनीको सञ्चालक समिति सदस्य पदमा बाबुराम दवाडी, जयप्रसाद शर्मा, अशोक चौधरी, कासी शर्मा, जसबहादुर गुरुङ, मेघराज त्रिपाठी,ज्ञानबहादुर केसी, कृष्णबहादुर बलछौडी, भरत मल्ल र रमेश श्रेष्ठ विजयी हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस