लायन्स क्लव अफ पोखरा युनियन टाउनको आयोजनामा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
बार्षिक कार्यतालिका अनुसार क्लवले पोखरा महानगरपालिका वडा नं: ३३ श्री शान्ति उदय मा वि स्कुल परिसरमा फलफुल र विभिन्न वनस्पतिका बिरुवा रोपेको हो ।
पोखरा युनियन टाउनले बढ्दो वातावरणीय प्रभावलाइ रोक्नका लागि विश्वभर बृक्षरोपण गर्ने अभियान अन्तरगत विभिन्न प्रजातीका फलफुलका विरुवा सहित अन्य वनस्पतिजन्य करिव तीन दर्जन विरुवा स्कुल परिसरमा रोपिएको कार्यक्रमका प्रमुख अतिथि (Rezone person ) माेहनराज पाैडेलले जानकारी दिए ।
विरुवा लगाउदै लायन्स क्लवका संस्थापक अध्यक्ष नारायण हरी तिवारीले विरुवा लगाउनु मात्र ठुलो कुरा नभई लगाईएका विरुवाको संरक्षण गर्नु र त्यसबाट आय आर्जन गर्न सक्नु पर्ने धारणा राख्नु भएको थियो ।
लायन्स क्लव अफ पोखरा युनियन टाउनका अध्यक्ष कृष्णप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका – ३३ का वडा सदस्य प्रकाश कार्कीले बिरुवा लगाउँदै बृक्षारोपणको महत्व र उपयोगिताका बारेमा जानकारी गराउनु भएको कार्यक्रमको संचालन क्लवका सोयम अध्यक्षले गर्नु भएको थियो ।