सर्वसाधारणलाई शौचालय उपयोग गर्न दिन ईच्छुक ब्यत्ति वा संस्थालाई महानगरले सार्वजनिक आह्वान गरेको छ ।
पोखरा महानगरपालिकाका मुख्य शहरी क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा र शौचालय निर्माण गर्नका लागि जग्गा/जमिन समेत नहुँदा सर्वसाधारणलाई असहजता भएको भन्दै महानगरले शौचालय उपयोग दिनका लागी सार्वजनिक आह्वान गरेको बताएको छ ।
यसैगरी महानगरले शहरका मुख्य र ब्यस्त सडकमा अवस्थित ईच्छुक ब्यत्ति, संस्था, बैंक बित्तिय संस्था, होटल, रेष्टुरेन्ट लगायतका ब्यवसायिक र पेसागत संस्था र कम्पनिले आफ्नो स्वामित्वमा रहेका र उपयोग गर्न दिन मिल्ने अवस्थाम सार्वजनिक आह्वान गर्दै आबश्यक सरसफाइका लागी महानगरले लागत सहभागीता समेत जनाउने जनाएको छ ।
शौचालय उपयोग गर्न दिने ईच्छुकहरुलाई साउन मसान्तसम्म निवेदन दिन महानगरले आग्रह गरेको छ ।
शौचालय सार्वजनिक रुपमा निःशुल्क उपयोग गर्न दिने संस्था वा नागरिकको विवरण पोखरा महानगरपालिकाको वेबसाइटमा राखिने, महानगरबाट उपलब्ध हुने सेवा सुविधामा प्राथमिकता दिने नीतिगत व्यवस्था गरिने महानगरले जनाएको छ ।