पोखरा ३३ मा अबैध क्रसर चालु अवस्थामै, सम्बन्धित निकायहरु अझै मौन !

पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीमा रहेको अवैध’ क्रसर शत्ति र पहुँचकै आडमा अझै सञ्चालन मै रहेको छ । क्रसर सञ्चालन गर्दा पुर्याउनु पर्ने मापदण्डको ख्यालै नगरी संचालन हुँदा पनि सम्बन्धित निकायहरु मौन छन् ।

शिवशक्ति रोडा ढुङ्गा उद्योग नाममा २०६७ माघ ६ गते भरत रायमाझीको नाममा दर्ता भएको ‘अवैध’ क्रसर अझै बन्द भएको छैन । ०६७ सालमा नामसारी भएको क्रसर केही वर्ष सञ्चालनमा आएर ०७३-०७४मा बन्द भएको थियो तर बन्द भएको लामो समयपछि स्थानिय निर्वाचनको बेला पुन: संचालनमा ल्याईएको स्थानीयहरू बताउँछन ।

अबैध रुपमा उधोग सञ्चालनमा आएको गुनासो वडामा आएको भन्दै पोखरा महानगरपालिका ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारी,अन्य वडा सदस्यहरु, सहित नगरप्रहरी समेतले संचालित क्रसर उधोगमा पुगेर कागजपत्र चेकजाँच पश्चात वडाध्यक्ष अधिकारीले आबश्यक कागजपत्र उपलब्ध नहुँदासम्म क्रसर रोक्न निर्देशन दिएका थिए । तर क्रसर भने नरोकिएको स्थानियहरुले बताए ।

२०७७ मङ्सिर ५ मा संसोधन सहित जारी गरीएको कम्पनी ऐन अनुसार सबै निकायमा दर्ता हुनुपर्ने साथै स्थानीय तहले जनप्रतिनिधिको रोहवरमा मुचुल्का गर्नुपर्ने, सार्वजनिक सुनुवाई गर्नुपर्ने, वातावरण प्रभाव मुल्यांकन अध्ययन हुनुपर्ने र स्थानीय निकायको सिफारिस हुनुपर्ने व्यवस्था छ । भने नदीबाट २ सय मिटर टाडा हुनुपर्ने व्यवस्था छ तर उत्त उधोग भने नदीको हकमा भने ५० मिटरकैै दुरीमा क्रसर संचालन गरिएको छ ।

यता पोखरा ३३ वडा कार्यालयले कम्पनीको कागजात बाहेक कुनैपनि कागजात यस क्रसरले पेश गर्न नसकेको जानकारी दिएको छ भने यस विषयमा महानगरपालिका र जिल्ला समन्वय समिति लगायतका सम्बन्धित निकायहरु सबै मौन रहेका छन् ।

प्रतिक्रिया दिनुहोस