पोखरा ३३ मा अहिले ल्याण्डफिल्ड साईडको चर्चा छ l महानगरले, पोखरा महानगरपालिकाको बजेटमा ”पोखरा ३३ टिमुरपाटामा जग्गा प्राप्ति प्रकृया पुरा गरि सेनेटरी ल्याण्डफिल्ड साईट निर्माण गरि संचालनमा ल्याइने छ।” भनि रु १० करोड रकम छुट्याएपछि उत्त बिषय चर्चामा आएको हो l
यसै सन्दर्भमा भरतपोखरीवासी नागरिकहरूको संयोजनमा असार १७ गते शुक्रवार ‘भरतपोखरीमा ल्यान्डफिल्ड कति ठीक ? कति बेठिक ?’ शीर्षकमा छलफल कार्यक्रम समेत भएको थियो भने उत्त छलफल पश्चात भरतपोखरीका क्रियाशील राजनीतिक पार्टी , सामाजिक व्यत्तित्व लगायतले साझा धारणा सहित भरतपोखरीमा ल्याण्डफिल्ड साईड राख्न नहुने सहमतिका साथ अघि बढेका थिए l कार्यक्रममा वक्ताले सरोकारवालाबीच छलफल नै नगरी गरिएको भरतपोखरीमा ल्यान्डफिल्ड साइड राख्ने निर्णय तुरुन्त खारेजी गर्न माग गरेका थिए ।

वडामा भएको कार्यक्रम
यसै बिषयमा ल्याण्डफिल्ड साईट निर्माण सम्बन्धि जनादेश लिनका लागि निर्वाचित वडाअध्यक्ष रामचन्द्र अधिकारी तथा जनप्रतिनिधिहरुको आब्हानमा शनिवार सर्वदलिय तथा सर्वपक्षिय भेलाबाट पोखरा ३३ टिमुरपाटामा प्रस्ताबित ल्यान्डफिल साईटलाई सबैदल र सबैपक्ष मिलेर खारेजी गर्नका लागि पोखरा महानरपालिका समक्ष ज्ञापनपत्र हस्तान्तरण गर्ने गरि अस्वीकृत गरेको थियो ।

पोखरा ३३ का तर्फबाट ज्ञापन पत्र बुझाउदै
यसरी भरतपोखरीवासी नागरिकहरूको संयोजनमा गरीएको प्रस्ताव सहित आज आईतवार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई ज्ञापनपत्र बुझाउने कार्य भएको छ । ज्ञापनपत्र बुझाईसकेपछि भएको छलफलमा मेयर धनराज आचार्यले पोखरा महानगरपालिकाको बजेटमा ”पोखरा ३३ टिमुरपाटामा जग्गा प्राप्ति प्रकृया पुरा गरि सेनेटरी ल्याण्डफिल्ड साईट निर्माण गरि संचालनमा ल्याइने छ।” भन्ने प्रस्ताव हटाउने प्रतिवद्धता जनाउनु भयो । भने अर्को ल्याण्डफिल्ड नबनेसम्म हाल संचालनमा रहेको पोखरा १४ बाछेबुडुवाको ल्याण्डफिल्डमा नै फोहर विसर्जन गर्ने जानकारी दिनु भएको थियो l