पत्रकारिता छाडेर राजनीतिमा आएका रवि लामिछानेले नयाँ दल खोल्ने घोषणा गरेका छन् ।
मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले अहिलेका राजनीतिक दलबाट परिवर्तन सम्भव नभएकाले नयाँ दल खोल्नुपरेको तर्क गरे ।
उनले पत्रकारका रुपमा विभिन्न दलका नेतालाई जिज्ञाशा राखेको स्मरण गर्दै त्यो जिज्ञाशा फरक रुपमा राख्ने जनाए ।
लामिछानेले आफ्नो नयाँ दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी रहने बताएका छन् ।