पोखरा महानगरपालिका २१ फोक्सिङ्ग, पोख्रेलथोकमा रहेको करीब ९६ रोपनी जग्गा जालसाँचि गर्दै भू- माफियाले आफ्नो कब्जामा बनाएकोले बिवादीत जग्गा भन्दै नेपाल कम्युनिस्ट पार्टी ( बहुमत ) ले कब्जा गरेको छ ।
वास्तविक किसानको समस्या समाधान नहुन्जेलसम्म उक्त जग्गा बिक्री बितरण तथा कुनै कामकार्य नगर्न सुचित सहित तत्कालिन गा.वि.स र विन प्रा.ली विच २०५७ भदौ २६ मा भएको सम्झौता निर्धारित समयमा कार्यन्वयन नभएको भन्दै सम्झौता खारेज गर्न अपिल गर्दै जग्गा कब्जा गरीएको पार्टीले जनाएको छ ।
साविक निर्मलपोखरी गा.वि.स वडा न ६ फोक्सिङ्ग हाल पोखरा २१ पोख्रेलथोकमा रहेको जग्गामा तत्कालिन गा.वि.स, सम्बन्धित जग्गादाता र विन प्रा.ली विच १४ बुँदामा त्रिपक्षिय सम्झौता भएको थियो । सम्झौता अनुरुप विन प्राईभेट लिमिटेडले जैविक कृषि फर्म, रिसोर्ट र अन्तर्राष्ट्रियस्तरको बिद्यालय स्थापना गर्ने भनि सम्झौता गरीएको थियो । साथै उक्त सम्झौता अनुरुप विन प्राइभेट लिमिटेडले आफ्नो कार्य पाँच बर्षसम्म सञ्चालन नगरेमा हाल विन प्रा.लि कम्पनीले लिएको मुल्यमा नै जग्गा दाताहरुलाई फिर्ता गर्ने कुरामा सहमति सम्झौता भएको थियो । सहमति सम्झौता अनुसार उत्त कम्पनिले २१ बर्षसम्म कुनैपनि कार्य गरेको छैन ।
यस्तै जग्गा नियन्त्रणमा लिएको नेपाल कम्युनिस्ट पार्टी ( बहुमत ) ले पाँच बुँदे अपिल सहित आफ्नो पार्टीले जग्गा नियन्त्रण गरेको पर्चा सहित जग्गामा बोर्ड खाडेको छ ।
नेकपा ( बहुमत )को पाँच बुँदे पर्चा यस्तो छ :-
विन प्राली, तत्कालिन गाविस र जग्गादाता बिच भएको १४ बुँदे सम्झौता पत्र :-