पोखराबाट जोमसोमतर्फ उडेको तारा एयरको विमान सम्पर्कविहीन

पोखराबाट जोमसोमतर्फ उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ ।

बिहान ९ बजेर ५५ मिनेटमा उडेको विमान सम्पर्कविहीन भएको र थप खबर आउन बाँकी रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार बिहान उडेको केहीबेरमै राडारको सञ्चार सम्पर्कबाट अफ देखाएको थियाे । विमानमा विमानमा १९ यात्रु र ३ जना चालक दलका सदस्य सवार थिए ।  जहाजका पाइलट प्रभाकर घिमिरे रहेकाे बुझिएकाे छ ।

तारा एयरका एक अधिकारीका अनुसार अवतरण गर्ने समय भएपनि जहाज अहिलेसम्म सम्पर्कमा छैन । जहाजबारे खोजविन सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस