पोखरा ३३ मा एमालेको गण भत्काउँदै काङ्ग्रेसका अधिकारीको बिजयी

पोखरा महानगरपालिका वडा नम्बर ३३ मा नेपाली कांग्रेस विजयी भएको छ ।

पोखरा ३३ को वडाध्यक्षमा कांग्रेस उम्मेदवार रामचन्द्र अधिकारी विजयी भएका हुन । उनले एमालेका शिवप्रसाद आचार्यलाई ७५६ मतान्तरले पराजित गर्दै विजयी भएका हुन । विजयी अधिकारीले ३३८९ मत प्राप्त गरे भने आचार्यले २६३३ मत प्राप्त गरे ।

यस्तै महिला सदस्यमा कांग्रेसकी दुर्गादेवी थापा ३०६० मत ल्याएर विजयी हुँदा एमाले उम्मेदवार शान्ती पाध्याले २७२० मत प्राप्त गरिन भने दलित महिला सदस्यमा एमाले उम्मेदवार लिलादेवी नेपाली २६४८ मत ल्याएर विजयी हुँदा नेकपा एकीकृत समाजवादीकी सृष्टी विकले २३२६ मत ल्याईन ।

खुल्ला सदस्यमा एमालेका विनोद भण्डारी २५४२ मत र प्रकाश कार्की ३१४२ मत ल्याएर विजयी हुँदा कांग्रेसका शंकरबहादुर अधिकारीले २४९९ तथा नेकपा माओवादी केन्द्र का उम्मेदवार श्रीभद्र बरालले २३९४ मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस