पोखरामा नक्कली कार्ड बनाएर मतगणना स्थलमा प्रवेश गर्न खोज्ने दुई जना पक्राउ परेका छन् ।
शुक्रबार अवैध कार्ड बोकेर मतगणना स्थलमा पुगेका दुई व्यक्तिलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको हो । मतगणना स्थलको मुख्य प्रवेशद्वारबाट नक्कली कार्ड भिरेर छिर्न खोजेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका दुई मध्ये एक जनाले जनमत पार्टीको नक्कली प्रतिनिधि कार्ड भिरेको र अर्का एकले नक्कली परिचय पत्र भिरेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले बताउनुभयो ।
जनमत पार्टीको नक्कली प्रतिनिधि कार्ड भिरेर प्रवेश गर्ने रुपा गाउँपालिका ५ का डिल्लीराम तिवारी रहेको स्रोतले बताएको छ । स्रोतका अनुसार तिवारी नेकपा एमालेका कार्यकर्ता हुन् ।
पक्राउ परेका उनीहरूलाई वडा प्रहरी कार्यालय बैदाममा राखिएको छ । पोखरा न्यूज