कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेले जीत हासिल गरेको छ । नेकपा एमालेका विष्णु केसीले ७ सय ६३ मतको अन्तरले नेपाली कांग्रेसका युवराज कुँवरलाई हराएका थिए । उनले ६ हजार ७ सय २२ मत प्राप्त गरेका थिए भने कुँवरले ५ हजार ९ सय ५९ मत प्राप्त गरेका थिए ।
त्यसैगरी, उपाध्यक्षमा एमाले कै चन्द्रकला अधिकारीले ५ सय ९४ मतको अन्तरले नेपाली कांग्रेसकी खीमकुमारी गुरुङलाई जितेकी छिन् । अधिकारीले ६ हजार ६ सय ८ मत प्राप्त गरेकी थिईन् भने कांग्रेसकी गुरुङले ६ हजार १४ मत ल्याएकी थिईन् ।
२० हजार ३ सय ४८ मतदाता रहेको यस गाउँपालिकामा कुल १४ हजार ९ सय ४ मत मात्र खसेको थियो । ११ वडा मध्ये नेकपा एमालेले ६ वडामा विजय हासिल गरेको छ भने ५ वडामा नेपाली कांग्रेसले जीत हासिल गरेको छ । वडा नं. १, ३, ६, ७, ९ र ११ मा नेकपा एमालेको र वडा नं. २, ४, ५, ८ र १० मा नेपाली कांग्रेसले जीत हासिल गरेको छ ।