पोखरा महानगरपालिका वडा नम्बर-२ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार दीवसमान प्रधानाङ्गसहित नेपाली कांग्रेसको प्यानल नै बिजयी भएको छ । आज विहान सम्पन्न मतगणनामा प्रधानाङ्ग आफ्ना निकटम प्रतिष्पर्धी नेकपा एमालेका दीपक शाहलाई २ सय ७८ मतले पछि पार्दै बिजयी भएका हुन् ।
बिजयी प्रधानाङ्गले ९३९ मत प्राप्त गरेका छन् भने उनका निकटम प्रतिष्पर्धी दीपक शाहले ६६१ मत प्राप्त गरेका छन् ।
खुल्ला सदस्यमा नेपाली कांग्रेसका गौतम बिछुक्छे र भीमकुमारी आले, महिला सदस्यमा गोमा सुवेदी र दलित महिला सदस्यमा सुनिता विश्वकर्मा बिजयी भएका छन् ।