नेकपा (एकीकृत समाजवादी ) पोखरा महानगरपालिका वडा न ११ ले आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागी आफ्ना उमेदवारहरु सिफारिस गरेको छ । पार्टीको तर्फबाट वडा अध्यक्ष, दलित महिला सदस्य, महिला सदस्य र खुला सदस्यहरुमा पार्टीको तर्फबाट नाम सिफारिस गरेको हो ।
एकीकृत समाजवादीको तर्फबाट वडा अध्यक्षमा देबेन्द्र बास्तोला को नाम सिफारिस गरिएको छ । बास्तोला २०७४ को निर्वाचनमा झिनो मतले वडाध्यक्षमा पराजित भएका थिए । त्यसै गरी खुल्ला सदस्यमा कृष्णमान श्रेष्ठ , विनोद थापा र विष्णु परियारको नाम सिफारीस गरिएको पार्टिका वडा कमिटी सचिव गणेश थापाले जानकारी दिनु भयो । पार्टिको शुक्रबार बसेको बैठकले दलित महिला सदस्यमा कमलादेवी परीयार तथा खुल्ला महिला सदस्यमा सबिता बास्तोलाको नाम सिफारिस गरिएको छ । नेकपा एस का वडा कमिटी अध्यक्ष कृष्णमान श्रेष्ठको अध्यक्षता एवं प्रदेश कमिटी सदस्य तिलक पुनको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले केन्द्रले गरेको गठबन्धनमा समानता र इमान्दारीता कायम राख्ने निर्णय पनि गरेको छ ।
सत्तामा रहेका दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा पार्टीबीच चुनावी गठबन्धन गरेर चुनाव लड्ने तयारीमा छन ।