मन्त्री दीपक ‘मनाङे’ले गरे कर्मचारीमाथि दुर्व्यवहार

गण्डकीका युवा तथा खेलकुद मन्त्री राजीव गुरूङ ‘दीपक मनाङे’ले आफ्नै मन्त्रालयका कर्मचारीलाई दुर्व्यवहार गरेका छन् । मन्त्रालयका सूचना अधिकारीसमेत रहेका शाखा अधिकृत प्रकाश ओझालाई मंगलबार दुर्व्यवहार गरेको मन्त्रालय स्रोतले बताएको छ।

शाखा अधिकृत ओझाले आफूमाथि अमर्यादित व्यवहार भएको भन्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, प्रमुख सचिव रविलाल पन्थ लगायतलाई जानकारी गराएका छन् ।

फाइल लिएर मन्त्रीको कार्यकक्षमा पुगेका ओझालाई मन्त्री मनाङेले हातपात गरेका स्रोतको भनाइ छ ।ओझाले कुटपिटबारे मन्त्रालयका सचिव बद्री अधिकारी र मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई घटनालगत्तै जानकारी गराएका थिए ।

युवा स्वरोजगार सम्बन्धि कार्यविधि माथि छलफल भईरहँदा रिसाएर ओझामाथि मनाङेले हातपात गरेको श्रोतले बताइएको छ ।

प्रतिक्रिया दिनुहोस