नेपालीहरूलाई धेरै हुनेमध्येको रोग हो, पायल्स। खानपिनको कारणले होला पछिल्लो समय यो रोगबाट पीडित हुनेहरू बढिरहेका छन्।
पायल्स भनेको दिसामा रगत जानु हो। जुन अवस्थामा दुख्ने भन्ने हुँदैन। दिसा गरिसकेपछि रगत जानुलाई हामी पायल्स भन्छौं। रगत जाँदा दुख्छ भने त्यो पायल्स होइन। दिसा गर्दा दुख्छ तर रगत जाँदा दुख्दैन।
पायल्स थुप्रै कारणले गर्दा हुन्छ। मुख्य कारण कब्जियत हो।
महिलाहरूलाई गर्भावस्थामा पनि पायल्स हुन्छ। गर्भावती भएको बेलामा नसाहरू थिचिन्छ जसले गर्दा कब्जियत हुन्छ। त्यसपछि मलद्वारको नसा फुटेर रगत पनि जान्छ।
पायल्सको उपचार
यसको उपचारका लागि सबैभन्दा पहिला रोगको अवस्था हेर्नुपर्छ।
पायल्स दुई किसिमको हुन्छ। मलद्वारको भित्री भागमा भयो भने त्यसलाई इन्टरनल हेमोराइट्स भनिन्छ। बाहिरी भागमा नसा पलाएको छ भने त्यो एक्स्टर्नल हेमोराइट्स हो, जुन छालाले ढाकिएको हुन्छ ।
पायल्सका चार चरण हुन्छन्।
‘फर्स्ट डिग्री हेमोराइट्स’ को चरणमा रगत जाने हुन्छ तर केही निस्किँदैन।
‘सेकेन्ड डिग्री हेमोराइट्स’ भयो भने दिसा गर्ने बेलामा रगत आउँछ र सँगै मासुको डल्लो बाहिर निस्किन्छ। दिसा गरिसकेपछि भित्र पस्छ।
‘थर्ड डिग्री हमोराइटस’ दिसा गर्ने बेलामा बाहिर निस्केको मासु भित्र पठाउन ठेल्नु पर्ने हुन्छ।
‘फोर्थ डिग्री हेमोराइट्स’ मा त्यो मासुको डल्लो बाहिरको बाहिरै रहन्छ।
उपचार गर्दा बिरामीको पायल्स कुन डिग्रीमा छ भन्नेमा भर पर्छ।
फर्स्ट र सेकेन्ड डिग्री हेमोराइट्सका लागि खानपानलाई नियन्त्रण गर्ने र कब्जियत हुन नदिने हो अथवा औषधी खाने हो भने ठिक हुन्छ।
‘थर्ड र फोर्थ’ डिग्रीमा पुगेको छ भने अप्रेसन पनि गर्नु पर्ने हुनसक्छ।
रगत गइरह्यो भयो भने ‘इमर्जेन्सी’ अप्रेसन गर्नुपर्छ। नशामा जाम भयो भने बिरामीलाई दुखाइ बढी हुन्छ, अप्रेसन नगरी हुन्न।
लापरबाही गरे के हुन्छ?
लापरबाही गर्यो भने जटिलता आउन सक्छ। रगत बढी जाने भएकाले रक्तअल्पताको खतरा हुन्छ। कहिलेकाहीँ संक्रमण समेत हुन्छ।
मासुको डल्लो बाहिरको बाहिरै रह्यो भने त्यहाँ घाउ हुन्छ भने नशामा रगतसमेत जम्छ। यसले क्यान्सर भने गराउँदैन।
के खाने/ के नखाने?
धेरैजसो पायल्समा अप्रेसन गर्नु पर्दैन। यसको मुख्य कारण कब्जियत हो। त्यसैले दिसा साह्रो हुनबाट जोगाउनु पर्छ। मासुलगायतका धेरै प्रोटिन हुने खानेकुरा, पिरो, चिल्लो र मसलाले पनि कब्जियत गराउँछ। हरियो तरकारी, सागपात र बढी झोल खाने हो भने कब्जियत हुँदैन।
आयुर्वेदिक उपचार
पायल्सका लागि हामी पनि आयुर्वेदिक दबाइ सिफारिस गर्छौं। कब्जियत कसरी ठीक हुन्छ भनेर यो औषधी प्रयोग गरिन्छ। गाउँघरमा प्रयोग हुन इसबगोलले कब्जियत हुन दिँदैन। त्यो पद्दति जसले प्रयोग गरे पनि कब्जियत नै हटाउने हो।
अप्रेसन गरे पनि पायल्स दोहोरिन सक्छ। अप्रेसन गर्दा जुन नसा सुन्निएको हुन्छ त्यसलाई बाँधेर निकाल्ने हो। तर कब्जियत भइरह्यो भने फेरि दोहोरिन सक्छ। ५/६ वर्षसम्म हुँदैन तर खानामा ध्यान दिइएन भने फेरि दोहोरिन सक्छ। कतिपय अवस्थामा त दिसा नरोकिने समस्या पनि हुन सक्छ।
उपचारः
पाइल्सको उपचार गर्नुभन्दा पहिलो रोगको कारणहरूको विस्तृत जानकारी हुन जरुरी छ । यसका साथै रोगको प्रकार, स्तर, जटिलता र अन्य संन्निहित समस्याहरूको बारेमा पनि जानकारी हुन जरुरी छ । रोगको स्तर थाहा पाइसकेपछि अलग-अलग श्रेणीका लागि उपयुक्त चिकित्सा विधी अपनाउनु पर्ने हुन्छ ।
अधिकांश पाइल्सबाट छुटकरा पाउनको लागि कब्जीयतबाट छुटकरा पाउनै पर्छ । अन्यकारणले भएको पाइल्स भए पनि पेटको सरसफाईमा विशेष ध्यान दिनु पर्ने हुन्छ । यसका लागि मलत्यागलाई सामान्य तथा नियमित गराउन अत्यन्त आवश्यक छ । पाइल्स हुन नदिन र भएकाहरूलाई ठिक गर्न जीवनशैली परिवर्तन एउटा उपयुक्त आयम हो । जीवनशैली परिवर्तन भनेको भोजन, व्यायम, विश्राम, विचार र व्यवहारलाई स्वास्थ्य मैत्री हुने गरी ठिक ठिक समायोजन गर्नु हो ।
१. भोजन व्यवस्थाः पाइल्स भएकाहरूले तारे, भुटेको, अमिलो, पिरो, माछा, मासु, अण्डा, ध्यू, पनिर, मख्खन, र मैदाबाट बनेका वस्तुहरूको पहरेज गर्नुपर्दछ । नुन, खुर्सानी ज्यादा हालेको, बोटल तथा बट्टाबद्ध खाद्यान्नहरू जंगफूड तथा कार्बोनेटेड डि्रङ्क्स -पेप्सी, कोक, मिरिन्डा) आदि अजिनामोटो र अन्य हानिकारक रसायनहरू हालेको खानेकुरा खानु हुनैन् । चिया, कफि, इनर्जी डि्रङ्क जस्ता उत्तेजक पेयको पनि परेज गर्नु पर्दछ ।
२. विहानको नास्तामा फलफुल लिने बाँनी बसाल्नु पर्छ । रातीको खानामा अन्नको सहभागिता नगराएको राम्रो हो । पाइल्स एक्टिभ र रक्तश्रावी छ भने सकभर अन्न नखाएर फलफूल र तरकारी मात्र सेवन गर्नु पर्छ । सकिन्छ भने केही दिन उपवास गरौं ।
३. मौसम अनुसारको फलफूलहरू जस्तौ मौसम, सुन्तला, नास्पाती, खरबुजा, काँक्रो, आँप, सरिफा, बेल, बेलौती, मेवा, अंगुरित, मुङ्ग- चना-मेथी र भिजाएको छोकडालाई ताजादहिसँग मिसाएर खानाले कब्जीयत कम हुन गई पाइल्समा पनि फाइदा पुर्याउछ ।
४. ठोस भोजन दिनको एक पटक मात्र भएको राम्रो हो । बिहानको भोजनमा रातो चामल, सामा, मकै, बजराको भात अथवा गहुँको दलिया, गहुँ, मकै, फापरको रोटी, काउली, बन्दा, लौका, तोरईको सब्जी विशेष समायोजन होस् । मास र खेसरी बाहेक बोक्रैसमेत पकाएको दालले पनि कब्जीयत तथा पाइल्सलाई राम्रो गर्दछ । बेलुकाको भोजनमा अन्नको सहभागिता नभएको राम्रो हो । सब्जी तथा तरकारीको सुप वा दुईसय पचाँस ग्राम उमालेको सब्जीसँग ताजा मोहीमात्र खाँदा पाईल्समा राम्रो हुन्छ ।
५. गाई, बाख्रा,उट वा घोडाको दूध विहान नास्तापछि र सुत्नु भन्दा अगाडि सेवन गर्नु फाइदाकारक छ । भैँसीको दूध तथा दूग्ध परिकार पाइल्सका लागि राम्रो होइन ।
६. चिकु (सपोटा), केरा, स्याउ, अंकुर, लिची जस्ता फलहरूले कब्जीयत तथा पाइल्समा राम्रो गर्दैन । आलु, पिडाँलु, तरुल, सुठोनी, भण्टा, चुकन्दर, ओल, सिमलतरुल, राजमा, सेतो चना, मास, भटमास जस्ता कन्दमुल तथा दहलनहरूको प्रयोग नितान्त बरजित छ ।
पाइल्सका रोगीलेहरुअपनाउनु पर्ने आहार क्रमः
१. विहान ५:३० बजे – जागरण तथा तीन गिलास मन तातो पानीको सेवन
२. बिहान ७:०० बजे – गाई अथवा बाख्राको दूधसँग आधा मुठ्ठी कालो तील चपाएर खाने ।
३. बिहान ८:०० बजे – मेवा, तरबुजा, काँक्रोको सलाद सय ग्राम, उमारेको मुंग ३० ग्राम भिजाएको किसमिस र छकडा २० ग्राम ताजा दहि २० ग्राम र एउटा भिजाएको अन्जिर ।
४. बिहान ११:०० बजे – दुई ओटा चोक्कर सहितको आटाको रोटी ५० ग्राम मसला, खुर्सानी नहालेको सब्जी, २५० मि.लि. मेथीको धुलो अथवा हिँगहालेको ताजा मोही सय ग्राम गहुँको पानी दलिया ।
५. दिउँसो १:३० बजे – मौसमी, सुन्तला, आँपको रस
६. साँझ ६:३० बजे – ३०० ग्राम उसिनेको सब्जी -लौका, बन्दा, ब्रोकाउली, काउली, घिरौला, स्कुस, चुस्चेकरेला आदी) वा हरियो सागसब्जी र ताजा मोही अथवा भेज सुप २५० मि.लि. ।
७. राती १०:०० बजे १गिलास दूध वा एक गीलास मनतातो पानीमा २ चम्चा त्रीफला चुर्ण
व्यायम व्यवस्थापनः
अंग व्यायम, रिढ व्यायम, सिथिलिकरण व्यायम, प्राप्त भ्रमण जस्ता हल्का व्यायम विधीहरू पाइल्सका लागि अत्यन्त आवश्यक व्यायमहरू हुन् । कब्ज हुन नदिनका लागि अग्निसार, कपालभाती, विपरितकरणी जस्ता क्रिया विधि पवनमुक्तासन, ताडासन, त्रियकताडासन, उतित्थपादासन, मान्डुकासन, ससकासन, भुजङ्कासन, सर्वाङ्गासन, बज्रासन, सुप्तबज्रासन, धनुरासन र सर्वासन जस्ता आसन विधि जालन्धर, उड्यान र मूलबन्ध जस्ता बन्ध विधि अश्वनी, ज्ञान र चिनमय जस्ता मुदा विधि सितली, सितकारी, भ्रमरी जस्ता स्वासन विधि एनिमा -बस्ती) लघु तथा गुरू शंख प्रक्षालन जस्ता सोधन विधिको नियमित अभ्यास गरिरहनु पर्दछ । पाइल्स भएको खण्डमा रक्तश्राव नरोकिउनजेल र घाँउ तथा पीडा कम नहुनजेल कुनै पनि योग विधि गर्नु हुँदैन । रक्तश्राव रोकिएपछि यथासम्भव यी विधिहरू अपनाउनु पर्ने हुन्छ ।
प्राकृतिक उपचारः
१. पाइल्स रोगलाई ठिक गर्नको लागि आद्राहरूमा कुपित भएर बसेको मललाई निकाल्न नितान्त आवश्यक छ । यसका लागि बिरामीलाई ३ देखि ७ दिनसम्मको थैरापिटिक उपवासमा राख्नु पर्दछ । उपवासका फलफूलको जुस, मह तथा कागती पानी आदि प्रसस्त दिनु पर्दछ । उपवास गरी सके पछि १० -१५ दिन सम्म फलाहार वा साग सब्जी मात्र सेवन गराउनु पर्छ ।
२. बिहान बेलुका २-३ वटा भीजाएको अंजीर खाने र भीजाउन प्रयेाज गरेको पानी पिउनाले यो रोगमा फाइदा पुग्दछ ।
३. त्रीफला चुर्ण, इसकगोलको झुसी, पंचसकार चूर्ण जस्ता औषधि राती सुत्ने बेलामा एक एक चम्चा दूध वा तातो पानीसँग खानाले कब्जीयतमा राम्रो गर्दछ ।
४. केही दिन सम्म सख्खरमा बेलकोगुदि मिलाएर खादा पनि पाईल्स ठिक हुन मद्दत गर्छ ।
५. रक्तश्राव भइरहेको अवस्था छ भने वरफले गुदा मालिस गर्नु पर्छ ।
६. रक्तश्राव नभएको अवस्थामा भने तातो कटि स्नान -ठूलो खड्कुलो, बाटा अथवा ताउतोमा सहन सक्ने तातो पानी हालेर २० मीनेट जति बस्नें) उपचार लिनुपर्छ ।
७. मल त्याग पश्चात गुदालाई राम्ररी धोई तातोपानीले सक्ने गर्नु पर्छ । आन्तरीक घाउहरुमा एण्टी सेप्टिक क्रीम या क्षारीय मलहम लगाउनुपर्छ । मासुका गिर्खा बाहिरै आएको खण्डमा ग्लिसरिन र एप्सम साल्ट मिसाएर लेप बनाई लगाएर पट्टबिाधि दिनु पर्छ ।
८. भेस्लिनसँग कपुर मिलाएर मासुको गिर्खा गिर्खामा लगाए पनि यो रोगमा फाइदा पुर्याउँछ
९. रक्तश्राव नभएको खण्डमा साधा पानीको एनीमा लिनुपर्छ । तत्पश्चात कटिस्नान वा मेहनस्नान गर्नु पर्छ । दिनको दुई पल्ट माटोको पेडूपट्ट िलगाउनाले पनि यो रोग निको हुन सहयोग गर्छ ।
१०. पाइल्स भएर मासुका गिर्खा बाहिर आइरहेका छन् भने खुकुलो खालको कट्टु लगाउनु पर्छ । दुखाइ वा चिलाइ ज्यादा भएमा बरफ पानीमा सुती कपडा भिजाएर लगौटि जस्तो बनाएर लगाउनुपर्छ ।
११. यती गर्दापनि पाइल्स निकोनभए आर्युवेदीय क्षारसूत्र, एलोपेथिक रबरब्यान्ड लाइगेसन, इन्डोस्कोपीक १. मलको त्यागको क्रमलाई नियमति तथा सामान्य गर्नु कब्जीयत तथा पाइल्स निवारणको पहिलो आयाम हो । तसर्थ यसकारण बिहान बेलुका नियमित रूपमा निश्चित समयमा शौच जाने गरौँ । २. दिनमा कमसेकम ३ – ४ लीटर पानी पिउने गर्दा खानामा मसिनो-मिठो भन्दा खस्स्रो-मोटो वस्तुहरूको समायोजन पाइल्सका लागि फाइदादायक छ । अतः रेसा र चोकर युक्त खाद्यपदार्थ सागसब्जी फलफूल, सलाद खाने बानी बसालौ । ३. लामो समय सम्म कुर्सीमा बसि रहने नगरै । बस्नै पर्ने भए पनि ३० – ३० मीनेटको अन्तरमा आसन परिवर्तन गर्ने गरौँ । ४. ज्यादा भारी बस्तु उठाउदा सावधानी अपनाऔँ । विशेषत भारी वस्तु उठाउदा पेटमा बल पार्नु हुदैन । ५. गर्भावस्था, कलेजोको रोग, आन्द्राको रोग, पारकिनसन रोग, थाईराईडिजम्, जस्ता विशेष रोगावस्था भएकाहरूले सावधानी अपनाऔ । ६. श्रम तथा व्यायामलाई दिनचर्याको अभिन्न अंग बनाऔँ । मानसिक तनावलाई बेलैमा व्यावस्थित गरौं । ७. गरिष्ठ भोजनको सेवन नगरौं । ८. मध्यपान, धुम्रपान र अन्य नसालु पदार्थहरूको सेवन नगरौं ।