राष्ट्रघाती अमेरिकी परियोजना एमसीसीविरुद्ध भोली बुधबार पोखरामा संयुक्त बिरोध प्रदर्शन हुने भएको छ ।
एमसीसी सम्झौतालगायत राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयमा संयुक्त रूपमा आन्दोलन गर्दै आएका नेकपासहित ६ दल र दुई मोर्चाले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै भोली ठिक १ बजे पोखराको पृथ्विचोकमा बिरोध प्रदर्शन आयोजना गर्न लागिएको जानकारी आन्दोलनको अगुवाइ गरिरहेको नेकपाको स्रोतले दिएको छ ।
प्राप्त जानकारी अनुसार बुधबार एक बजे पोखराको सृजनाचोकबाट र्याली सुरु भई पृथ्वीचोकमा पुगेर कोणसभा गरीने बताईएको छ । कोणसभामा ६ दल र २ मोर्चाका नेताहरू लगायत नागरीक समाजका अगुवाहरुले समेत सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी प्राप्त भएको छ ।
बिरोध प्रदर्शनमा सम्मेलित बिभिन्न राजनैतिक दलद्वारा हस्ताक्षरीत प्राप्त बिज्ञप्तिका अनुसार शेर बहादुर देउवा नेतृत्वको वर्तमान गठबन्धन सरकारले राष्ट्रघाती एमसिसि सम्झौतालाई संसदबाट अनुमोदन गर्न गईरहेको र राष्ट्रिय स्वाधीनता माथिको निर्मम प्रहार र गम्भीर राष्ट्रघात हुन लागेकोले यसका विरुद्ध शसत्त आन्दोलन सृष्टि गर्न लागीएको उल्लेख गर्दै कार्यक्रम सफल पार्न सम्पुर्ण देशभत्त, वामपन्थी, राष्ट्रवादी शत्ति, प्राध्यापक, बुद्धिजीवी, नागरीक समाज र ब्यत्तित्वहरुलाई उत्त बिरोध कार्यक्रममा एकेबद्द भएर संघर्ष गर्न समेत आग्रह गरीएको छ ।