नेपाल कम्युनिस्ट पार्टी निकट अखिल(क्रान्तिकारी) कास्की र क्याम्पस जिल्ला समिति द्वारा पेट्रोलियम पर्दाथमा गरिएको मुल्यवृद्दि विरुद्धमा आज पृथ्वीनारायण क्याम्पसमा बिरोध प्रदर्शन गरेको छ ।
जनताको आधारभुत विषयहरुमा जिम्मेवार बन्नुका सट्टा सरकारले जनताको ढाड सेक्ने गरी मंगलबार राती १२ बजेदेखि लागु हुने गरी साविकको विक्री मुल्यमा पेट्रोल र डिजल प्रतिलिटर रु. ३ बढाएर अब पेट्रोलको प्रतिलिटर रु. १४२ र मट्टीतेलको प्रतिलिटर रु. १२५ कायम गरेको छ भने आन्तरिक हवाई इन्धनमा प्रतिलिटर रु. १०, बढाएको छ ।
उक्त मुल्यबृद्धि विरुद्ध नेकपा निकट अखिल(क्रान्तिकारी) कास्की र क्याम्पस जिल्ला समिति द्वारा पेट्रोलियम पर्दाथमा गरिएको मुल्यवृद्दि विरुद्धमा आज पृथ्वीनारायण क्याम्पस अघि सडकमा टायर बाल्दै बिभिन्न नाराबाजि सहित बिरोध प्रदर्शन गरेको हो।