मुल्यवृद्धि बिरुद्द पोखरामा अखिल ( क्रान्तिकारी ) द्वारा मसाल जुलुस ।

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल(क्रान्तिकारी) कास्कीद्वारा पेट्रोलियम पर्दाथमा गरिएको मुल्यवृद्दि विरुद्धमा आज मसाल जुलुस सहित बिरोध प्रदर्शन गरेको छ ।

पोखराको सभागृह देखी निकालिएको मसाल जुलुस न्युरोड स्थित पोखरा महानगरपालिका अगाडी पुगेर कोण सभामा परीणत भएको थियो ।

जनताको आधारभुत विषयहरुमा जिम्मेवार बन्नुका सट्टा  सरकारले जनताको ढाड सेक्ने गरी मंगलबार राती १२ बजेदेखि लागु हुने गरी साविकको विक्री मुल्यमा पेट्रोल र डिजल प्रतिलिटर रु. ३ बढाएर अब पेट्रोलको प्रतिलिटर रु. १४२ र मट्टीतेलको प्रतिलिटर रु. १२५ कायम गरेको छ भने आन्तरिक हवाई इन्धनमा प्रतिलिटर रु. १०, बढाएपछि बिरोध स्वरुप मसाल जुलुस गरीएको कोण सभालाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) केन्द्रिय सदस्य एवं गण्डक इन्चार्ज अटलले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस