उद्द्घाटनको तयारी हुँदै गर्दा भाँचियो ६ करोडको पुल !

पोखरा महानगरपालिका वार्ड नम्बर ३० गगनगौँडा र ३३ लामगादी जोड्ने पुल सञ्चालनमा नआउँदै भाँचिएको छ । ६ करोड ११ लाखमा निर्माण भएको उत्त पुलमा सोमबार परीक्षणका लागि टेको झिक्ने क्रममा भाँचिएको हो ।

एलिट कन्स्ट्रक्सनले ठेक्का लिएको पुलको स्टिल ट्रस बांगिएको छ भने माथिल्ला संरचना चर्किएका छन् । कम गुणस्तरका सामग्री प्रयोग गरेका कारण क्षति भएको स्थानीयले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस