पोखरा जेसीजद्वारा कोभिड बिरामीका लागी निशुल्क: एम्बुलेन्स सेवा

हाल सम्म करीब १५० भन्दा माथिका कोभिड बिरामीहरुलाई निशुल्क रुपमा सेवा प्रवाह

पोखरा जेसीजद्वारा कोभिड- १९ का बिरामीहरुका लागी निशुल्क: एम्बुलेन्स सेवा प्रवाह गर्दै आईरहेको छ ।

हाम्रो समाज हाम्रो अभिभारा भन्ने नारा सहित पोखरा जेसीसले टाक्सफोर्स गठन गर्दै मिनराज खड्काको संयोजकत्व रहने गरि कोभिड -१९ बाट सम्क्रमित भएका बिरामीहरुलाई निशुल्क रुपमा एम्बुलेन्स सेवा संचालन गरीरहेको छ । संयोजक खड्का सहित सदस्यमा जेसि गणेश गिरि, अनन्त प्रधानङ्ग , जेसि शक्ति बरुवाल , जेसि बिनु श्रेष्ठ , जेसि सुमन पहारी, जेसि प्रकाश घिमिरे गरि ७ सदस्य रहने गरि जेसिज इमर्जेन्सी टास्कफोर्स गठन भएको थियो। उक्त समितिले कोभिड संक्रमितहरुको उद्दार लगायत अन्य थुप्रै कोभिड संक्रमितहरु सम्बन्धी विभिन्न सचेतना मुलक कार्यक्रमहरु समेत गरिरहेको छ।

२०७८ जेष्ठ ७ गते पोखरा महानगरपालिका का मेयर मान बहादुर जिसी द्वारा उद्द्घाटन भएको उत्त समितिले हाल सम्म करीब १५० जना भन्दा माथिका कोभिड बिरामीहरुलाई निशुल्क रुपमा सेवा प्रवाह गरीसकेको पोखरा जेसिका अध्यक्ष किरण केसिले जानकारी दिएका छन् ।

जेसीजले यो प्रतिकुल समयमा पनि मानवियताको ख्याल राख्दै सेवा गर्ने अभियानलाई थप तिब्रता र प्रभाबकारीताका साथ संचालन गर्ने बताएको छ ।

जेसीजले प्रदान गरेको उत्त सेवालाई थप प्रभाबकारी बनाउन फोर्स मोटर हिमालयन कन्टिनेन्टलका संयोजक ध्रुब थापाबाट एम्बुलेन्सका लागी गाडी प्रदान भएको थियो भने अन्य संघ संस्था, जेसीज सदस्यहरु, शुभचिन्तकहरुद्वारा सहयोग संकलन बाट साथै गण्डकी प्रदेश सामाजिक बिकास मन्त्रालयको सहकार्यमा आफुहरु निशुल्क रुपमा सेवा प्रवाह गरीएको संयोजक खड्काले बताए ।
पोखरामा राम्रो छवि बनाउन सफल यो सस्थामा १८ देखि ४० उमेर समुहका उर्जाशिल युबाहरुको सहभागिता रहेको छ जसमा १०० भन्दा बढी सक्रिय सदस्यहरुको सहभागिता रहेको छ।

प्रतिक्रिया दिनुहोस