पोखरा – लेखनाथ उद्योग बांणिज्य संघको १३ औं महाधिवेशनका लागी उम्मेदवारी दर्ता प्रक्रिया आज सम्पन्न भएको छ । लेखनाथ उधोग बाणिज्य संघको यही भदौ १८ र १९ गते हुने भनिएको महाधिवेशनको उम्मेदवारी दर्ता आज सम्पन्न भएको हो । जसमा छत्रधर आत्रेय अध्यक्षका एक मात्र उम्मेदवार भएका कारण निर्बिरोध अध्यक्षमा चुनिएका छन् ।
यस्तै अन्य पदका लागी उम्मेदवारी दर्ता गर्नेहरुमा वरिष्ठ उपाध्यक्ष पदमा बिनोद श्रेष्ठ र भरत कुमार अधिकारी रहेका छन् भने प्रथम उपाध्यक्षमा राजेन्द्र ओझा र प्रकाशलाल श्रेष्ठ,
द्वितीय उपाध्यक्षमा गोपिचन्द्र वास्तोला र शैलेन्द्र मोहन भट्टराई रहेका छन् । अन्य उम्मेदवारका लागी महासचिवमा उपेन्द्रराज सुवेदी (राजु) र मेनुका श्रेष्ठ, उप – महासचिवमा जानुका अधिकारी र धिरजकुमार श्रेष्ठ, कोषाध्यक्षमा भिम बहादुर नेपाली (काईला), भरतराज ओझा,रामजी पौडेल र दिलकुमारी शर्मा दाहाल (सन्ध्या) रहेका छन् भने आठ खुल्ला सदस्य, दुई महिला सदस्य ,एक संस्थागत सदस्य र एक एशोसियट सदस्य गरि १२ जनाको लागि ३० जनाको उमेदवारी परेको छ ।
खुल्ला सदस्य तर्फ टिकाराम सापकोटा, भरत थापा, निर्मल पौडेल, हरि वस्ताकोटी, माधव तिवारी, ईन्दिरा रोक्का, प्रमोद भण्डारी, राजन कल्याण बडगामी, पुष्पमणि भण्डारी, धु्रवबावु भटराई, खेमराज बराल, जिवन तिवारी, विक्रम कर्माचार्य, राधाकृष्ण अधिकारी, कृष्ण बहादुर अधिकारी, सुरेन्द्र त्रिपाठी, ईन्द्र बहादुर थापा, विरेन्द्र भण्डारी, कुलबहादुर रानाभाट, बुद्धि प्रसाद बास्तोला र लक्ष्मी प्रसाद ढुंगाना रहेका छन् , त्यस्तै महिला उमेदवार सदस्यहरुमा गंगा मल्ल, तुलसी थापा क्षेत्री, शान्ति कुमारी खनाल, बुद्धि कुमारी मगर, रञ्जना बराल रहेका छन् ।
यस्तैगरी संस्थागत सदस्य तर्फ राम बहादुर गुरुङ र महेश्वर आचार्यले उम्मेद्बारी दर्ता गराएका छन् भने एशोसियट सदस्य तर्फ विरेन्द्र बानियाँ र मेघराज पौडेल रहेका छन् ।
यसरी संघको निर्वाचन मार्फत अध्यक्ष बाहेक पदाधिकारीमा वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव, उपमहासचिव र कोषाध्यक्ष रहने व्यवस्था छ । संस्थागत सदस्य १ जना, एसोसिएसन सदस्य १ जना, महिला आरक्षण २ जना र ८ जना खुल्ला सदस्यका लागि निर्वाचन हुनेछ । ३ जना सदस्य मनोनित हुनेछन् भने मनोनित आमन्त्रित सदस्य २ जना रहनेछन् । बढीमा ७ जना सल्लाहकार रहने व्यवस्था छ ।