अवैध लागूऔषध कारोबार गरेको आरोपमा प्रहरीले पोखराबाट दुई किशोरलाई पक्राउ गरेको छ । अवैध लागूऔषध गाँजाको कारोबार गरेको आरोपमा प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर ३० पावरहाउस निवासी १८ वर्षिय दुई किशोरलाई प्रहरीले मंगलबार पक्राउ गरेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका किशोरहरुको साथबाट २ केजी १ सय ग्राम गाँजा बरामद गरिएको प्रहरीको भनाई छ ।
बा.५ख.६०८८ नम्बरको गाडीमा सवार उनीहरुलाई वडा प्रहरी कार्यालय गगनगौंडाले खानतलासी गर्दा गाँजासहित पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयले जारी गरेको बुलेटिनमा उल्लेख छ ।