नेपाल खानेपानी संस्थान पोखरा शाखाका एक कर्मचारीले घुस लिंदै गर्दा रंगेहात पक्राउ परेका छन् ।
४८ बर्षिय वाग्लेले २५ हजार घुस लिदैं गर्दा पोखराको पोमनगरपालिका १ बगरमा रहेको आशा म.म रेष्टुरेन्टबाट अख्तियारको टोलिले पक्राउ गरेको हो ।
सहायक प्रशासकिय कृष्णहरि वाग्लेले सेवाग्राही बाट नगत २५ हजार घुस लिंदै गरेकोबेला पोखराको अख्तियार टोलीले पक्राउ गरेको हो ।
सेवाग्राहीको घरमा पानीको मिटर विग्रिएर अस्वभाविक बिल आउन थालेपछि त्यसका बारेमा जानकारी गराउँदा र मर्मतका लागि आग्रह गर्दा वाग्लेले घुस मागेको बुझिएको छ । वाग्लेले बगरमा भेट्ने र सबै कुरा त्यही गर्ने भन्दै बोलाएपछी अख्तियर पोखराका टोलि सहित खटिएर पोखरा महानगर पालिका १ बगर स्थित रहेको आशा मम रेष्टुरेन्टमा घुस रकम लिदै गर्दा रङ्गेहात फेला पारेको हो । उनलाईलाई अख्तियारले अनुसन्धान गरिरहेको छ ।