नेकपा कास्कीद्वारा जनयुद्दका सहिद बिजय राज बास्तोला `अजित´को १६ औं स्मृति सभा सम्पन्न !

नेकपा कास्कीले जनयुद्दका सहिद बिजय राज बास्तोला क. अजितको १६ औं स्मृति सभा गरेको छ ।

जनयुद्दमा तत्कालिन शाही नेपाली सेना द्वारा अन्य साथिहरु सहित गिरफ्तार पछि क. अजितलाई निर्मम हत्या गरेको थियो । २०६१ साल असार १६ गतेका दिन उहाँको हत्या भएको हो ।

बास्तोलाको योगदान र बलिदानको उच्च सम्मान गर्दै नेकपा कास्कीले उहाँको स्मृति सभा गरीएको बताएको छ ।
सभामा उहाँका छोरा प्रकाश बास्तोलाले बाबुको जिवनि र योगदान सुनाएका थिए । छोरा प्रकाशको प्रतिबद्द्ता र बाबुको योगदानको प्रशम्सा साथै सम्झना गर्दा सभा स्थल भावह्विल बनेको थियो ।
छोरा प्रकाशले बाबुले उठाएको झण्डा झुक्न नदिने र आफू हालसम्म पनि निरन्तर बाबुको सपनामा लागिरहेको बताउनुभयो ।

सहिद बिजय राज बास्तोला बाबू कृष्ण बिलास बास्तोला र आमा कृष्णकुमारी बास्तोलाको कोखबाट २०२५ भदौ २१ गते साविक सिद्द गाबिस १, टाकान्जा कास्की मा जन्मनु भएको हो । उहाँका श्रीमती खिमादेबी बास्तोला, भाइ उदयराज बास्तोला,दिदी पार्वती अधिकारी, छोरा प्रकाश बास्तोला र छोरीहरु पबित्रा र अस्मिता बास्तोला हुनुहुन्छ ।

क. अजित जनयुद्दकालमा २०५६ जेठ १ गते देखि पार्टीको पुर्णकालिन कार्यकर्ता हुनुहुन्थ्यो । पार्टीको योजनामा उहाँ पश्चिम रोल्पा, रुकुमसम्म अभियान कर्मिको हैसियतमा सहभागीता जनाउनु भएको थियो भने साहादत समय नेकपा (माओवादी )ईलाका पार्टी सदस्यको भूमिकामा रहेर काम गर्दै आउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस