पोखरा – बिद्रोही नेकपा निकट अखिल क्रान्तिकारी कास्कीले पोखरामा प्ले कार्ड सहित बिरोध प्रदर्शन गरेकोछ ।
रास्ट्रघाती एमसीसी को खारेजीको माग गर्दै अखिल क्रान्तिकारी कास्की जिल्ला द्वारा गरीएको बिरोध कार्यक्रममा अखिल क्रान्तिकारी केन्द्रीय सदस्य प्रकाश बास्तोलाले रास्ट्रघाती एमसीसी सम्झौता पास भए देशमा रगतको भेल बग्न सक्ने र यदि यो सार्बभौम राष्ट्रमा बिदेशि सेनाले परेट खेल्छ भने देशभक्त युवाहरूले त्यसको कडा रुपमा प्रतिरोध गर्न बाध्य हुने साथै एमसिसि पास गर्न खोज्ने बिदेशी दलालका एजेन्ड हरुलाई पनि नेपाली जनताले राम्रोसँग हिसाबकिताब गर्ने बताएका छन।