पोखरा ३२ मृत भेटिएका अमितको हत्या साथिहरुबाटै भएको आशंका !

पोखराको  बाघमारा चौरमा शनिबार राति  मृत फेला परेका अमित रसाईलीको हत्या उनकै साथीहरुले गरेको प्रहरीले अनुमान गरेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले पोखरा २९ पट्नेरीका २० वर्षीय अमित रसाइलीको हत्यामा बाईक किनेको खुसी साट्न जम्मा भएका साथीहरुबाटै भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

हत्या गरेको आशंकामा अहिले ४ जना प्रहरी नियन्त्रणमा छन ।   गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीका अनुसार पक्राउ परेको चारैजना रसाईलीले बाईक किनेको खुसियालीमा साँझ चौरमा बसेर रक्सीसँग चाउचाउ र दालमोठ मिलाएर खाएका थिए । यहि क्रममा विवाद भएपछि उनिहरुले नै हत्या गरेर फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

घटना विवरण अनुसार साँझै प्रहरीको कन्ट्रोलमा फोन गरेर उनिहरुले अमित हराएको सुचना दिएका थिए । सोही सुचनाका आधारमा खोजतलास गर्दा अमितको शव आइतबार विहान सेती नदीको खोंचमा फेला परेको थियो ।

अनुहार र टाउकोमा चोट सहितको शवको प्रकृति हेर्दा कुटेर हत्या गरि फालेको जस्तो देखिएको छ । घटना अनुसन्धानकै क्रममा रहेकाले पक्राउ परेका चारैजनाको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

रसाइलीको शव आइतबार बिहान ७ः१० बजे पोखरा–३२ स्थित सेती नदिको बिचमा भेटिएको  गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्र वावु रेग्मीले जानकारी दिए ।

शनिबार रातको करिव ९ बजे मोटरसाइकल किनेको खुसियालीमा साथिहरुलाई पार्टी दिन भनेर घरबाट हिडेका उनी बेपत्ता भएका थिए ।

रसाइली हराएको भनि आइतबार बिहान ३ः३० मा खबर पाएपछि कास्की प्रहरीले खोजतलास सुरु गरेको थियो । खोजतलासका क्रममा विहान सेतीमा शव भेटिएको थियो । टिभीअन्नपूर्णबाट ।

प्रतिक्रिया दिनुहोस