गणतन्त्र गद्दारहरुको गफमा उन्मुक्त छ
गजुर गाँसेका बिचौलियाको ब्यपारमा मस्त छ
गोत्रीक गोमनले जिवनका जिउभरी डसिरहेछ
गास गनेर पालेको पात्र बर्णको बाटो हाँसिरहेछ
गोमेदधारी र गन्धे भाइरसले बेस्सरी थलिएकोछ मेरो देश
किनकी गिद्ध घुमिरहेेेेेेको छ गणताान्त्रिक गगनमा
गाँउ बाट गर्जिएकाहरु खाडी खन्दैछ्न्
गलघात गर्नेहरु आज गुनगुनाहट गर्दैछन्
गयल भएकाहरू गिलासमा अधिकार भर्दैछन्
गाउदैछन् शुभकामनारुपी गित गणतान्त्रिक छुटमा
किनकी गिद्ध घुमिरहेछन् गणतन्त्रको गगनमा
ग्रीनेट बोकाउनेहरु गुरु फेरेर गुलाम भए
गौरवपुर्ण गोता खेप्नेहरु गाइ पाल्ने ग्वाला भए
गाउ गिजोल्ने शासकहरु आसन बदलेर आखा तर्दैछन्
गजब छ मेरो गणतन्त्रमा गिर खेल्दैछ्न पुरानै पन्चेहरु
किनकी गिद्ध घुमिरहेछन गणतन्त्रको गगनमा
गोहीका आसु पिलिक्क झार्दै महान बनेका कमान्डर
गोद्न किन लगायौ,खोज्न किन पठायौ ,मर्न किन मनायौ
गुनासो र गाली छ तिमिलाइ वस्ति बिर्सेर गल्लीमा किन हरायौ
गइन्छ भन्दै माथि सम्म लगिन्छ भन्थेउ लक्ष्य सम्म किन डरायौ
त्यसैले गिद्ध बनिरहेछौ गणतन्त्रको गगनमा
गोफ्ले गणतन्त्र खोजेकै होइन,बिचलित बाटो रोजेको होइन
गाजिएका गोमनहरु, अनि गरेकोछु प्रश्न अरु…..
गिट्टी कुट्ने जिवन फेरेनौ किन ?
संतान छोडेर संसार हेरेनौ किन ?
आफन्त गुमाउनेलाइ रिंगायौ किन?
उहि गति र मतिमा रमायौ किन ?
सेनाको सम्पत्ति लुकायौ किन?
जनताको मन दुखायौ किन?
जिवनको प्रेम मार्छौ किन ?
त्यसैमा स्वाङ पार्छौ किन ?
जातको जातोले पिसियो किन ?
हतासो समात्न मिसियो किन ?
गन्हाउने ब्यवस्थाको गाता किन ?
राणा, पन्च र शाहीकै नाता किन ?
समग्र छोडेर झिनोमा किन ?
फुल छोडेर सिनोमा किन ?
हेर उ माथी हेर,
हुँडारहरु हुर्किदैछन
स्यालहरु र्याल चुहाउदैछन्
गन्धक पिसाउने हरु
गाजा भरीरहेछ्न्
बाजहरु बेतुकले बतासिएकाछ्न त्यसैले
मेरो गणतन्त्र गम्भीर संकटमा परेको छ
हो त्यसकारण
एैंजेरुमा काँक्रो फल्छ र कहाँ?
गफले गणतन्त्र चल्छ कहा ?
बरु तिम्रो सडेको सत्ता ढल्छ यहा
किनकी नेत्रको नयनले देखेको छ निसाना
त्यसैले गणतन्त्रको गगनमा अब गिद्धहरु घुम्न मनाही छ ।